बुटवल । रुपन्देहीको तिलोत्तमाको थपिने मत परिणाम निकै रोमाञ्चित तरीकाले अगाडी बढिरहेको छ । प्रत्येक मतपेटिका खोल्दा गठबन्धन र एमालेको मेयर पदका उम्मेदवारको आलोपालो अग्रता भेटिएपछि तिलोत्तमाको मतगणना रामाञ्चित बन्न पुगेको हो ।
पछिल्लो मत परिणाममा ३२१४ मत गणना गर्दा गठबन्धनबाट कांग्रेस उम्मेदवार रामकृष्ण खाँणले ११६१ मत पाएका छन् भने उनको पछिपछि एमालेका मोहन चापागाईंले ११२८ मत पाएका छन् ।
उम्मेदवारमा भने आज बिहानै देखि एमालेकी जागेश्वरी चौधरीले अग्रता लिएकी छन् । उनको पछिल्लो मत १०३४ रहेको छ । चौधरीलाई गठबन्धनबाट माओवादी उम्मेदवार हेमलाल पाण्डेले ५५४ मतका साथ पछ्याईरहेका छन् ।
तिलोत्तमाको वार्ड नम्बर १ मा एमालेको अग्रता छ भने १७ मा कांग्रेसले अग्रता लिएका छन् ।



















प्रतिक्रिया