१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

जननेता मदन भण्डारीको स्मृतिमा यु-१४ क्रिकेट प्रतियोगिता हुने



बुटवल । उमेर समुहका खेलाडीलाई प्रोत्साहन गर्ने उदेश्यका साथ रुपन्देहीमा यु-१४ लिग क्रिकेट प्रतियोगिता हुने भएको छ। नेकपा एमालेका पूर्व महासचिव मदन भण्डारीको स्मृतिमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी रुपन्देही जिल्लाको आयोजनामा जेठ ३ गतेबाट मदन भण्डारी स्मृति यु-१४ लिटिल स्टार क्रिकेट प्रतियोगिता २०७९ हुने भएको हो।

आईतबार बुटवलमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको सबै तयारि पूरा भएको अध्यक्ष मणिरत्न भण्डारीले बताए। रुपन्देहीका युवा खेलाडीहरुलाई ट्यालेन्ट हन्टमार्फत छनौट गरेर ४ वटा समुहका बिचमा लिग चरणको प्रतियोगिता गरिने उनले बताए।

बुटवल, देवदह, सैनामैना, तिलोत्तमासहित अन्य जिल्लाबाट समेत गरि करीब १ सय जना खेलाडीहरुबाट अन्तिम चरणमा ६४ जना छनौट भएको स्प‍ोर्टस एकेडेमीका केन्द्रीय क्रिकेट विभाग प्रमुख शक्ती गौचनले जानकारी दिए । भैरहवास्थित सिद्धार्थ रंगशालामा हुने प्रतियोगिता २५ ओभरको खेलाईने खेल जेठ ६ गतेसम्म संचालन हुने उनले बताए।

एकेडेमीका केन्द्रीय अध्यक्ष ध्रुव आचार्यले युवाहरुलाई एकतावद्ध गरि खेलभावना विकास गर्ने लक्ष्यसहित देशभर विभिन्न खेलकुद गतिविधि गर्दै आएको बताए। राष्ट्रिय खेलाडी उत्पादन गर्ने आधार उमेर समुहका प्रतियोगिता भएको भन्दै यसलाई निरन्तरता दिने उनले बताए। जिल्ला सचिव गंगाराम सुनारले रुपन्देही क्रिकेटको उवरर्भुमि भएको भन्दै पुर्वाधार विकास र प्रतियोगितामा जोड दिन जरुरी रहेको बताए।

पत्रकार सम्मेलनमा प्रतियोगिताको टिसर्ट सार्वजनिक गरिएको थियो । जननेता मदन भण्डारीको २०५० साल जेठ ३ गतेकै दिन चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटनाबाट मृत्यु भएको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ५ : ३५ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर