८ पुस २०८२, मंगलबार | December 23, 2025

भरतपुरमा अघिपछिको खेल जारी : विजयलाई उछिन्दै पुन: रेनु आइन अघि



चितवन । भरतपुर महानगरपालिकाको मतगणनामा अघिपछि हुँदै आएका रेनु दाहाल र विजय सुवेदीको खेल थप रोचक बनेको छ ।

पछिल्लो पछिल्लो मतगणना अनुसार गठबन्धनका उम्मेदवार रेनु दाहाल १२ मतले अघि आएकी छिन् । आइतबारदेखि पछि परेकी रेनु वडा नं. ४ को मतगणना हुँदै गर्दा पुनः अघि आएकी हुन् । १५ हजार ३०८ मतको गणना हुँदा रेनुले ५ हजार १३८ मत ल्याएकी छिन् भने एमालेका विजय सुवेदीले ५ हजार १२२ मत ल्याएका छन् ।

वडा नंं १२ सम्म पुग्दा यस्तै अघिपछिको खेल चलिरहने गठबन्धनका नेताहरुले आंकलन गरेका छन् । अहिलेकै सय पचासको अघिपछिको अवस्था रहेमा १६ नं. वडापछि रेनुको मतान्तर बढ्ने उनीहरुको आंकलन रहेको छ ।

तर, कांग्रेसका बागी जगन्नाथ पौडेलले समेत उल्लेखनीय मत ल्याएका कारण रेनुको भोट धेरै घटेको छ । पौडेलले २ हजार ४१६ मत पाएका छन् ।

मतगणनाअनुसार उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ६ हजार ४३ र राप्रपाकी हिमला गुरुङले ४ हजार ४२ मत ल्याएकी छन् ।

वडा न ४ को वडाअध्यक्षमा कांग्रेसले एक हजार ५६४ मत ल्याउँदा एमालेको एक हजार ४३ मत आएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ६ : ४२ बजे

निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

काठमाडौँ । आगामी फागुन २१ गतेको निर्वाचन सम्पन्न गर्नका लागि

१४३ पूर्व सांसदहरुले गराए प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध १४३ पूर्व सांसदको हस्ताक्षरसहितको थप

वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षणवापत वृद्धि गरिएको

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट सहित २ वडा अध्यक्षलाई १५/१५ दिन कैद सजायको फैसला

दाङ । पूर्व—पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही– भालुबाङ सडक खण्डमा

जाँचबुझ आयोगद्वारा दुवाडी, खापुङ र रिजालको स्थानहद फुकुवा

काठमाडौं । जेन–जी आन्दोलनपछि गठन भएको सरकारले बनाएको ‘भदौ २३