नेपालगन्ज । नेपालगन्जमा गठबन्धनबाट कांग्रेस उम्मेदवार प्रशान्त विष्टले लगातार मतान्तर सहित अग्रता कायम राखेका छन् । नेपालगन्जमा जारी मतगणनाको पछिल्लो परिणाममा विष्टले प्रतिद्वन्दीले भन्दा दोब्बर भोट ल्याएका छन् ।
पछिल्लो परिणाम अनुसार विष्टको मत १०१२७ पुगेको छ भने उनलाई एमालेका पशुपतिदयाल मिश्रले ५१९८ ल्याएर पछ्याईरहेका छन् । राप्रपाका नन्दलाल बैश्यले ४०७२ मत पाएका छन् ।
उपमेयरमा गठबन्धनबाट जसपा उम्मेदवार कमरुदिन राईले ८४५३ मत ल्याउँदा राप्रपाकी बिन्दु चर्तिमगरको ५२४९ मत आएको छ । एमालेकी शान्ति ढकालले ४९८० मत पाएकी छन् ।


















प्रतिक्रिया