१२ असार २०८३, शुक्रबार | June 26, 2026

‘एम्नेस्टी’ को प्रतिवेदन : युवामाथि गरिएको बल प्रयोग मानव जीवनप्रति निष्ठुर बेवास्ता



काठमाडौँ । एम्नेस्टी इन्टरनेसनलले गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शन नियन्त्रणका क्रममा भएका मानवअधिकार उल्लङ्घनबारे प्रतिवेदन सार्वजनिक गरेको छ ।

आज काठमाडौँमा आयोजित कार्यक्रममा प्रतिवेदन सार्वजनिक गर्दै एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले शान्तिपूर्ण भेला गरिरहेका युवामाथि गरिएको बल प्रयोग मानव जीवनप्रति निष्ठुर बेवास्ता रहेको टिप्पणी गरे । उनले जिम्मेवार सबैलाई पद वा हैसियतको प्रवाह नगरी निष्पक्ष प्रक्रियाबाट कारबाहीमा ल्याउनुपर्नेमा जोड दिए ।

शान्तिपूर्ण प्रदर्शनमा सुरक्षा निकायद्वारा अत्यधिक बल प्रयोग, गैरकानुनी हत्या र घाइते हुने घटनाले अन्तरराष्ट्रिय मानवअधिकार मापदण्ड उल्लङ्घन गरेको स्पष्ट देखाइएको प्रतिवेदनमा उल्लेख छ । भदौ २३ गते काठमाडौँमा कम्तीमा १९ जनाको मृत्यु र ३०० भन्दा बढी घाइते भएको प्रतिवेदनमा उल्लेख छ । त्यसपछिका अशान्तिमा देशभर ७६ जनाको मृत्यु र दुई हजारभन्दा बढी घाइते हुने अवस्था सिर्जना भएको पनि उल्लेख गरिएको छ ।

भदौ २३ गतेको प्रदर्शनमा संसद् भवनको मुख्य प्रवेशद्वारमा चढेका प्रदर्शनकारीमाथि प्रहरीले एफएन एफएएल प्रहार गरेको देखिएको थियो । त्यसैगरी मूल गेट नजिकैबाट प्रदर्शनकारीको टाउकोमा सीधै ताकेर सटगनले गोली प्रहार गरिएको पनि रिपोर्टमा उल्लेख छ ।

प्रहरीको आन्तरिक प्रतिवेदनलाई उद्दृत गर्दै एमनेष्टी इन्टरनेशनल नेपालले ६ हजार २७९ सेल अश्रुग्यास प्रयोग भएकोमा काठमाडौंमा मात्रै ३ हजार ९६ सेल प्रयोग भएकोमा प्रश्न उठाएको छ ।

प्रदर्शन भएको नजिकैको भवनका छानाबाट अश्रुग्यास प्रहार भएको र भिडलाई सिधै लक्षित गरिएको प्रचलित अभ्यासको उल्लंघन भएको उसको निचोड हो ।

प्रतिवेदनमा प्रत्यक्षदर्शीको बयान, तस्बिर र भिडियो प्रमाण, चिकित्सक र पत्रकारसँगको अन्तर्वार्ताका आधारमा निष्कर्ष निकालिएको जनाइएको छ ।

प्रतिवेदनमा प्रदर्शनका क्रममा मारिएका र घाइते युवाहरूलाई न्याय दिलाउन सरकारसँग आह्वान गर्दै विरोध व्यवस्थापनसम्बन्धी कानुन र अभ्यासलाई अन्तरराष्ट्रिय मापदण्डअनुसार सुधार गर्न सुझाव दिइएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  १० : ४५ बजे

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

झापा । झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता

रास्वपा महाधिवेशन : पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले लिए शपथ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट महिला उपसभापतिमा

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३

श्रीमती हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै