गुल्मी । सत्ता गठबन्धनको केन्द्रीय निर्णय विपरित एमाले र माओवादीबीच तालमेल गरेर चुनाव लेडेका गुल्मीको धुर्कोट गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै पदमा स्थानीय गठबन्धनले जितेको छ । धुर्कोटमा अध्यक्षमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
माओवादी केन्द्र र एमालेबीच भएको तालमेलबाट अध्यक्षमा माओवादीका भुपाल पोखरेल र उपाध्यक्षमा एमालेका सीता गिरी विजयी भएका छन् ।
माओवादी केन्द्रका पोखरेलले ६ हजार ८९ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेन्द्र भण्डारीले ४ हजार २ सय ६१ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा निर्वाचित गिरीले ६ हजार १ मत प्राप्त गरेकी छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका चन्द्र सुनारले ३ हजार ४ सय ८८ मत प्राप्त गरेका छन् ।



















प्रतिक्रिया