२८ असार २०८३, आइतबार | July 13, 2026

केन्द्रीय गठबन्धनको विरुद्ध विद्रोह गरेर धुर्कोटमा गरिएको एमाले-माओवादी तालमेलले पायो सफलता



गुल्मी । सत्ता गठबन्धनको केन्द्रीय निर्णय विपरित एमाले र माओवादीबीच तालमेल गरेर चुनाव लेडेका गुल्मीको धुर्कोट गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै पदमा स्थानीय गठबन्धनले जितेको छ । धुर्कोटमा अध्यक्षमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

माओवादी केन्द्र र एमालेबीच भएको तालमेलबाट अध्यक्षमा माओवादीका भुपाल पोखरेल र उपाध्यक्षमा एमालेका सीता गिरी विजयी भएका छन् ।

माओवादी केन्द्रका पोखरेलले ६ हजार ८९ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेन्द्र भण्डारीले ४ हजार २ सय ६१ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा निर्वाचित गिरीले ६ हजार १ मत प्राप्त गरेकी छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका चन्द्र सुनारले ३ हजार ४ सय ८८ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  १२ : ५५ बजे

देशभर वर्षा : विशेष सतर्कता अपनाउन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आज वर्षा भइरहेको

मोदीखोलाको बाढीले घर, होटल र पुल बगायो, घान्द्रुक सडक अवरुद्ध

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा आज आएको

लुम्बिनी वास्तु सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-५, मणिग्राममा आयोजित लुम्बिनी वास्तु सम्मेलन-२०८३

राप्तीमा बेपत्ता एक जनाको शव फेला

नेपालगन्ज । बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली