७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

यु–१४ लिग क्रिकेट प्रतियोगितामा भैरहवा र सैनामैना विजयी



बुटवल । जननेता मदन भण्डारीको स्मृतिमा रुपन्देहीमा मंगलबारदेखि यु १४ क्रिकेट प्रतियोगिता शुरु भएको छ । सिद्धार्थ रंगशालामा भएको उद्घाटन खेलमा भैरहवा टिमले देवदह टिममाथि २१ रनको जित निकालेको छ । टस जितेर ब्याटिङ रोजेको भैरहवाले २२ ओभरमा ६ बिकेटको नोक्सानीमा १ सय १८ रनको लक्ष्य खडा गरेको थियो । भैरहवाका लागि ओपनर ब्याट्सम्यान समिर अलिले ३८, समिर ठकुरीले १२ नटआउट बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन । देवदहका विज्जल न्यौपानेले २ तथा अरिक खड्काले १ विकेट लिएका थिए ।

मध्यम लक्ष्य पछ्याएको देवदह १८.२ ओभरमा केवल ९७ रनमा रोकियो । पाचौ ओभरमा ३२ रनको साझेदारी हुदा पहिलो विकेट गुमाएको देवदह आठ ओभरमा ३ विकेट गुमाउन पुग्यो । देवदहका निराजन भट्टराईले २२, ओपनर ब्याट्सम्यान बिनय कार्कीले१६ र बिज्जल न्यौपानेले १५ बलमा १४ रन बाहेक अन्य ब्याट्सम्यान दोहोरो अंकको रन बनाउन सकेनन । कम स्कोरमा रोक्न भैरहवाका विनय घर्ती क्षेत्रीले ५ ओभर बलिङ गर्दै २५ रन खर्चेर शानदार ६ विकेट लिएका थिए । यसैगरि आसुतोष पाण्डेले २ तथा सुप्रित घिमिरेले १ विकेट लिएका थिए । खेलमा भैरहवाका विनय घर्ती क्षेत्री म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

यसैगरि मंगलबार नै भएको दोस्रो खेलमा सैनामैना वरियर्स विजयी भएको छ । सैनामैनाले बुटवल टाईर्गसमाथि ६ रनको जित निकालेको हो । बुटवलले टस जितेर ब्याटिङको निम्तो दिएपछि सैनामैनाले २० ओभरमा ५ विकेटको नोक्सानीमा ९३ रन बनाएको थियो ।

सैनामैनाका लागि जोय थापामगरले ५१ बलमा २५, युवराज खत्रीले १७, महेश चन्दले ११ तथा सुसान्त थापाले १० रनको योगदान दिएका थिए ।

बुटवलका लक्ष्मण कुमाल र कबिर ढकालले समान ४ ओभर बलिङ गर्दै २–२ विकेट लिएका थिए । बुटवलका ब्याट्सम्यानहरु १९.५ ओभरमा सबै बिकेट गुमाएर ८७ रनमा रोकियो । उसका लागि सिजन रानाभाटले २२ र बिशेस भाटले ११ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन । खेलमा सैनामैनाका रिदम सुवेदी म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

प्रतियोगिताको एक समारोहका बिच एकेडेमीका केन्द्रिय अध्यक्ष ध्रुव आचार्य, मदन भण्डारी कला साहित्य प्रतिष्ठानका महासचिब तथा पुर्व सिडियो हरि प्रसाद भन्डारीले ब्याटिङ र बलिङ्ग गरि उट्घाटन गरेका थिए । एकेडेमीका जिल्ला कमिटीको अध्यक्ष मणिरत्न भण्डारीले खेल गतिविधिलाई निरन्तर अगाडी बढाउने बताए ।

रुपन्देहीका करीब एक सय खेलाडीहरुलाई ट्यालेन्ट हन्टमार्फत छनौट गरि ६४ जना खेलाडीहरुको ४ टिम विभाजन गरि २५ ओभरको लिग प्रतियोगिता गरिएको मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश क्रिकेट बिभाग प्रमुख शक्ति गौचनले बताए ।

कार्यक्रममा मदन भण्डारी स्पोर्ट्स एकेडमीका केन्द्रिय सचिव तथा अन्तर्राष्ट्रिय स्वास्थ्य बिभाग प्रमुख डा शक्ति बस्नेत, लुम्बिनी प्रदेश सह इन्चार्ज महेन्द्र लिगल, केन्द्रिय कार्यालय सचिव बिनोद आचार्य, केन्द्रिय सदस्य नन्द बहादुर काउछा, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि थापा, युबा नेता मनोज रिजाल, एकेडमीका सहसचिव सरिता रानाले क्रिकेट खेलको विकासमा उमेर समुहका प्रतियोगिताको आवश्यकता रहेको औलाउदै खेलप्रेमीहरुको सहयोगमा निरन्तरता दिने बताए ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ६ : ४२ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल