पोखरा । पोखरा महानगरमा गठबन्धनबाट मेयर पदमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले निरन्तर अग्रता कायम राखेका छन् । पछिल्लो अपडेटमा पनि आचार्यले पछ्याईरहेका एमाले उम्मेदवार कृष्ण थापालाई १७९९ मतले पछि पारेका छन् ।
पोखराबाट प्राप्त पछिल्लो परिणाम अनुसार आचार्यले १३३५७ मत पाउँदा एमालेका थापाले ११५५८ मत पाएका छन् ।
त्यसैगरि उप प्रमुखमा गठबन्धनबाट कांग्रेस उम्मेदवार कोपीला रानाभाटले १३६६२ पाउँदा एमाले उम्मेदवार मन्जुदेबी गुरुङले १३०३० मत पाएकी छन् । पोखरामा बिहान सम्ममा ३२१०० मत गणना भएको निर्वाचन आयोगले जनाएको छ ।



















प्रतिक्रिया