८ माघ २०८१, मंगलबार | January 21, 2025

पोखरामा तनाव, सहिद चोक आसपास क्षेत्र र गैह्रापाटन आसपास क्षेत्रमा निषेधाज्ञा



पोखरा । पोखरामा रास्वपाका सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछाने पक्राउको विषयलाई लिएर रास्वपा र सहकारी पीडितहरुले एकै समेयमा प्रदर्शन गर्ने भएपछि पोखरा महानगरका मुख्य स्थानमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पोखरास्थित सहिद चोक आसपास क्षेत्र र गैह्रापाटन आसपास क्षेत्रलाई बिहान पौने १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेका हुन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी पाण्डेले दुबैपक्षलाई संयमता अपनाउन अपिल पनि गरेका छन् । पाण्डेले प्रदर्शनमा उत्रिएका दुवै पक्षलाई संयमित रहन अपिल गर्दै अनुसन्धानमा सहयोग गर्न सम्बद्ध सबैमा आग्रह गरेका हुन् ।

पोखरामा अहिले दुवै पक्षको प्रदर्शनलाई मध्यनजर राखेर ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने अदालत नजिकै दुबै पक्ष भेला हुन थालिसकेका छन् ।

रास्वपाले सहिद चोकमा भेला हुने आइतबार बिहानैदेखि माइकिङ गरिरहेको छ भने सोहीअनुसार नेता कार्यकर्ता र शुभेच्छुकहरुको प्रदर्शन सुरु भइसकेको छ ।

यस्तै सहिद चोक नजिकै सहकारी पीडितको आन्दोलन हुने भएको छ । मुस्ताङ चोकमा भेला भएर पीडितहरूले राष्ट्र बैंक चोकसम्म प्रदर्शन गर्ने पीडितहरुले घोषणा गरेका छन् ।

राष्ट्र बैंक चोक र सहिद चोकको दूरी करिब ५० मिटरमात्रै रहेको छ । प्रदर्शन हुने स्थानबाट कास्की जिल्ला अदालतको दूरी करिब १०० मिनेटमात्रै रहेको छ ।

सहकारी ठगीमा संलग्नताको आरोपमा प्रहरीले अनुसन्धानका लागि लामिछानेलाई शुक्रबार पक्राउ गरेर पोखरा ल्याएको थियो । लामिछानेलाई आजै अदालतमा पेस गरिँदैछ ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  १२ : ३५ बजे

पार्टी प्रवेश गर्नेहरुलाई माओवादी अध्यक्ष प्रचण्डद्वारा स्वागत

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा

सगरमाथा संवादको घोषणा गरिँदै

सगरमाथा संवादको घोषणा गरिँदैकाठमाडौं । सरकारले आगामी जेठ पहिलो साता

लमजुङमा मह बिक्रीबाट १८ करोड आम्दानी

लमजुङ । पहाडी जिल्ला लमजुङमा मह उत्पादन बढेको छ ।

राष्ट्रपति पौडेलद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड

लुम्बिनी विकास बैंकको नाफा ३०.४६ प्रतिशतले बढ्यो

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो