२९ चैत्र २०८२, आइतबार | April 12, 2026

बुटवलका मिलन चौकमा बम विस्फोट गराएको आरोपमा नेकपा माओवादीका महासचिव सहित ३ जना पक्राउ



बुटवल । स्थानीय तह निर्वाचनको अघिल्लो दिन बुटवलमा प्रेसर कुकर बम विस्फोट गराएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । विफोट गराएको आरोपमा नेकपा माओवादी माओवादी नामको पार्टीका महासचिव सहित ३ जनालाई पक्राउ गरेको प्रहरीको दाबी छ ।

पक्राउ पर्नेमा नेकपा माओवादीका केन्द्रिय महासचिव सुरेश खनाल (कमरेड नेपाल), केन्द्रिय सदस्य फणिन्द्र गर्तौला, गोर्खा जिल्ला इन्चार्ज शुक्र कुमार श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।

बैशाख २८ गते साँझ ८ बजे बुटवल-९ मिलनचोकमा रहेको आकाशे पुल मुनी प्रेसरकुकर बम बिस्फोट गराएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक रबिन्द्र रेग्मीले बताए । प्रहरीले बुटवलमा पत्रकार सम्मेलन गरेर माओवादी कार्यकर्ताहरुलाई पक्राउ गरेको जानकारी दिएको हो ।

पक्राउ परेकाहरुलाई जेठ १ गते बुटवलको नयागाउँ क्षेत्रको छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको एसपी रेग्मीले बताए ।

पक्राउ परेकाहरुको साथबाट प्रहरीले मोटरसाइकल ३ वटा, कुकर २ थान, मोबाइल ३ थान, बम बनाउन प्रयोग गरिने केही सामाग्री समेत बरामद गरेको छ ।

उनीहरुबाट नेपाल बन्द सफल पारौ, चुनावलाई बहिस्कार गरौं जस्ता लेखिएको पम्लेट समेत फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को परिछेद ७ बमोजिम बिस्पmोटक पदार्थ सम्बन्धि कसुरमा मुद्दा दायर गरि थप अनुसन्धान अघि बढेको प्रहरी प्रमुख रेग्मीले बताए ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ५ : ०३ बजे

अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज

काठमाडौं । मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुआतको स्मरण गर्दै आज

एक वर्षमा सात हजार ६४८ विपद्का घटना : सबैभन्दा बढी आगलागीका

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा कमजोर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय

पाकिस्तानमा इरान-अमेरिका वार्ता सुरु : इरानी सञ्चारमाध्यम

तेहरान । मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकासँग इस्लामावादमा वार्ता सुरु

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी-तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा