१४ असार २०८३, आइतबार | June 28, 2026

मदन भण्डारी स्मृति यु–१४ क्रिकेट : बुटवल र सैनामैनाको विजयी



बुटवल । जननेता मदन भण्डारीको स्मृतिमा रुपन्देहीमा जारी यु–१४ क्रिकेट प्रतियोगितामा सैनामैना र बुटवल टाईगर्सले जित निकालेको छ । मदन भण्डारी स्पोर्ट्स एकेडमी रुपन्देही जिल्ला कमिटीको आयोजनामा भैरहवाको क्रिकेट रंगशालामा प्रतियोगिता भएको पहिलो खेलमा बुटवल टाईगर्सले भैरहवा वरियर्समाथि ८ विकेटको जित निकालेको हो । यसैगरि बुधबारको दोस्रो खेलमा सैनामैनाले देवदहमाथि ७३ रनको जित निकाल्दै लगातार दुई खेलको जितसंगै अंक तालिकामा शिर्षस्थानमा रहेको छ ।

पहिलो खेलमा टस जितेर ब्याटिङको निर्णय गरेको भैरहवाले २५ ओभर खेल्दै ८ विकेटमा १ सय १५ रनको लक्ष्य खडा गरेको थियो । भैरहवाका ओपनर ब्याट्सम्यान तथा विकेट किपर समिर अलिले खेलमा पहिलो अर्धसतक पुरा गरेका छन । उनले १ छक्का र १० चौकाको मद्यतले ६९ रन बनाए । यसैगरि सचिन जिसीले १५ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन । बुटवलका अरिफ खानले ५ ओभर बलिङ गर्दै ३५ रन खर्चेर ३ तथा लक्ष्मण कुमालले १९ रन खर्चेर २ विकेट लिएका थिए । मध्यम लक्ष्यलाई बुटवलका ब्याट्सम्यानहरुले १५.२ ओभरमा केवल २ विकेटको क्षतिमा भेटाए । बुटवलका ओपनर ब्याट्सम्यान अमन बोहोराले नटआउट ६८ रन बनाए । उनले १ छक्का र १० चौकाको मद्यतले खेलमा अर्धसतक पुरा गरेका हुन । खेलमा सुजन रानाभाटले १८ रन बनाए । भैरहवाका सुप्रित घिमिरेले ५ ओभर बलिङ गर्दै २८ रन खर्चेर २ विकेट लिएका थिए । खेलमा बुटवलका अमन बोहोरा म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

यसैगरि सैनामैनाले आफनो दोस्रो खेलमा लगातार जित निकालेको छ । टस जितेर ब्याटिङ रोज्दै सैनामैनाले २५ ओभर खेल्दै ९ विकेटको नोक्सानीमा १ सय ५४ रनको लक्ष्य खडा गरेको थियो । शुरुवाती ब्याटिङ लाईन धरमराएको सैनामैना ६ ओभरमा २ विकेटको नोक्सनीमा केवल १७ रन जोडेको थियो । जोय थापामगर र महेश चन्दको जोडीले स्कोरलाई अगाडी बढायो । जोयले २८ तथा महेशले ५८ रनको योगदान दिए । यसैगरि खेलमा सुसान्त थापाले नआउट २० रन जोडेका थिए । देवदहका बिज्वल बश्यालले २ विकेट लिएका थिए । देवदहका ब्याट्सम्यानले खराब शुरुवात गर्यो । ओपनर मनिष तिवारी ७ रन बनाउदा रनआउट हुनपुगे । यसैगरि स्वस्तिक पराजुली ४ बलमा केवल ५ रन बनाउदा एलबिडब्लु आउट भए । १३.५ ओभरमा देवदहका ब्याट्सम्यानहरु केवल ८१ रनमा समेटिए । देवदहका बिनय कार्कीले १३, निराजन भट्टराईले १५ तथा क्रिस केसीले १० रन बाहेक अन्य ब्यासट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन ।

कम स्कोरमा रोक्न सैनामैनाका युवराज खत्रीले ३ ओभर बलिङ गर्दै १३ रन खर्चेर शानदार ४ विकेट लिए । रिदम सुवेदीले २ ओभर बलिङ गर्दै ७ रन खर्चेर २ विकेट लिए । खेलमा सैनामैनाका महेश चन्द म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

रुपन्देहीका करीब एक सय खेलाडीहरुलाई ट्यालेन्ट हन्टमार्फत छनौट गरि ६४ जना खेलाडीहरुको ४ टिम विभाजन गरि २५ ओभरको लिग प्रतियोगिता गरिएको मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश क्रिकेट बिभाग प्रमुख शक्ति गौचनले बताए ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  १० : ४८ बजे

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा

संविधान संशोधन सम्भव, तर प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समयको आवश्यकता र संविधान कार्यान्वयनबाट

कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)