१ आश्विन २०८३, बिहिबार | September 17, 2026

अमेरिकामा खेल्ने एकदिवसीय टिम घोषणा



काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत अमेरिका भ्रमणको एकदिवसीय शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

बुधबार नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले शृंखला लागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेका हुन् ।

लिग २ अन्तर्गत नेपाल, ओमान र अमेरिकासम्मिलिन त्रिदेशीय शृंखला अमेरिका मै हुने तालिका छ ।

लिग २ मा १२ खेलबाट १२ अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा छ । लिगको शीर्ष स्थानमा रहेको ओमानले ३२ खेलबाट ४० अंक जोड्दा पाँचौ स्थानको अमेरिकाले १६ खेलबाट १४ अंक जोडेको छ ।

नेपाली टिमः

सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, विक्रम सोब, किसोर महतो, सागर ढकाल

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ६ : ४१ बजे

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा

बाँकेबाट लागूऔषधसहित पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव जारी रहने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको