८ पुस २०८२, मंगलबार | December 24, 2025

तिलोत्तमा अपडेट : मेयरमा झिनो मतले रुखको अग्रता, उपमेयरमा सुर्य अगाडि



बुटवल । पटक पटक अवरुद्ध भएर बुधबार अबेर रातीबाट सुरु भएको तिलोत्तमाको मतगणनाको पछिल्लो परिणाम प्राप्त भएको छ । पछिल्लो परिणाम अनुसार मेयर पदमा झिनो मतले गठबन्धनबाट कांग्रेस उम्मेदवार रामकृष्ण खाँणले अग्रता लिएका छन् भने उपमेयरमा भारी मतान्तर सहित एमाले उम्मेदवार जागेश्वरी चौधरीले अग्रता लिएकी छन् ।

९,९४२ मत गन्दा मतगणनाको पछिल्लो परिणाम अनुसार कांग्रेस उम्मेदवार खाँणले ३८२६ मत पाएका छन् भने एमालेका मोहन चापागाईंले ३६२१ मत पाएका छन् ।

त्यसैगरि उपमेयरमा एमालेकी चौधरीले ३४४८ मत पाएकी छन् भने गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्माले १७२२ मत पाएका छन् ।

गणनामा बसेका कर्मचारीले मतको होफेरि गरेपछि अवरुद्ध भएको गणना बुधबार राती सुरुभएकोमा सुरु भए लगत्तै वडा नं ५ का वडा सदस्यका नेकपा एमालेका उम्मेदवार मनिस अधिकारीले मदिरा सेवन गरी गणनास्थलमा पसेर होहल्ला गर्न थालेपछि पुनः केही बेर मतगणना रोकिएको थियो ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ७ : ०० बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना