१८ चैत्र २०८२, बुधबार | April 2, 2026

संसद् बैठकमा उपस्थित हुन अर्थमन्त्री शर्मालाई सभामुखको निर्देशन



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिनिधिसभा बैठकमा उपस्थित हुन निर्देशन दिएका छन् ।

बुधबारबाट प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९र८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि बुधबारबाट छलफल सुरु भएको छ ।

तर, बिहीबार छलफल सुरु भइसक्दा पनि अर्थमन्त्री शर्मा उपस्थित नभएपछि प्रमुख प्रतिपक्षी एमाले संसदीय दलका प्रमुख सचेत विशाल भट्टराईले सभामुख सापकोटाको ध्यानाकर्षण गराए । त्यसपछि सभामुख सापकोटाले अर्थमन्त्री शर्मालाई बैठकमा उपस्थित हुन र उनको अनुपस्थित रहुन्जेलसम्म उपस्थित अन्य मन्त्रीले टिपोट गरेर रिपोर्टिङ गर्न पनि निर्देशन दिए ।

यसपछि छलफलमा सहभागी कांग्रेस सांसद मिनेन्द्र रिजालले पनि अर्थमन्त्री शर्माको अनुपस्थितको विरोध जनाए ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  १ : ४० बजे

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग

काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौँ । काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

भोलिबाट एसईई परीक्षा : ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने माध्यामिक शिक्षा परीक्षा (एसईई)

राष्ट्रिय सुरक्षाको विषयलाई पुनः परिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर

इरान विरुद्ध अमेरिका-इजरायल युद्ध : अवसर खोज्ने चिनियाँ चुपचाप रणनीति

“जब तपाईंको शत्रुले गल्ती गरिरहेको हुन्छ, उसलाई कहिल्यै अवरोध नगर।”