३ पुस २०८२, बिहिबार | December 18, 2025

रुपन्देहीको सियारीमा अध्यक्ष र उपाध्यक्षसहित चार वडामा कांग्रेस निर्वाचित



भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकामा नेपाली काँग्रेसका थानेश्वर घिमिरे निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवार बनेका घिमिरे १० हजार ४५ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अयोध्या थारु ७ हजार २ सय ६८ मत प्राप्त गरे । घिमिरेले निवर्तमान अध्यक्षलाई २ हजार ७ सय ७७ मतले पछि पार्दै विजय निकालेका हुन् ।

त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार तारा थारु निर्वाचित भएकी छन् । थारुले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी अमृता गुरुङलाई तारादेवी यादवले १ हजार ७ सय २१ मतले पछि पार्दै विजय निकालेकी हुन । निवर्तमान उपाध्यक्ष गुरुङले ७ हजार २ सय ६९ मत प्राप्त गरिन् भने निर्वाचित थारुले ८ हजार ९ सय ९० मत पाइन ।
यस्तै पालिका अध्यक्ष उपाध्यक्ष सहित वडामा पनि कांग्रेसले जित निकालेको छ । ७ वटा वडा रहेको सियारीको वडा नम्बर १ मा राप्रपाका अरुण कुमार शाही १ हजार ७९ मत ल्याएर विजयी भएका छन् । वडा नम्बर २ मा नेकपा एमालेका जनार्दन यादव १ हजार ३ सय ८ मत ल्याइ विजयी भएका छन् भने ३ मा कांग्रेसका राम चन्द कुर्मी ८ सय ३२ मत ल्याइ विजयी भए । वडा नम्बर ४ मा कांग्रेसकै श्रीराम यादव अहिर ८ सय ४३ मत ल्याइ विजयी भए भने ५ मा पनि कांग्रेसका धनपति खरेल ९ सय ७३ मत प्राप्त गरी विजयी हुन सफल भए ।

यस्तै वडा नम्बर ६ मा नेकपा एमालेका शेर बहादुर गुरुङले १ हजार ४ सय ६ मत ल्याइ विजयी भए । भने ७ मा कांग्रेसकै दीपक बहादुर शाहीले २ हजार १ सय १२ मत प्राप्त गरी निर्वाचित भए । ७ वडा रहेको सियारीमा २७ हजार ७ सय ५३ मतदाता रहेकोमा २२ हजार ३८ जनाले मताधिकार प्रयोग गरेका थिए ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ८ : ४४ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका