३० श्रावण २०८३, शनिबार | August 15, 2026

रुपन्देहीको सियारीमा अध्यक्ष र उपाध्यक्षसहित चार वडामा कांग्रेस निर्वाचित



भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकामा नेपाली काँग्रेसका थानेश्वर घिमिरे निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवार बनेका घिमिरे १० हजार ४५ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अयोध्या थारु ७ हजार २ सय ६८ मत प्राप्त गरे । घिमिरेले निवर्तमान अध्यक्षलाई २ हजार ७ सय ७७ मतले पछि पार्दै विजय निकालेका हुन् ।

त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार तारा थारु निर्वाचित भएकी छन् । थारुले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी अमृता गुरुङलाई तारादेवी यादवले १ हजार ७ सय २१ मतले पछि पार्दै विजय निकालेकी हुन । निवर्तमान उपाध्यक्ष गुरुङले ७ हजार २ सय ६९ मत प्राप्त गरिन् भने निर्वाचित थारुले ८ हजार ९ सय ९० मत पाइन ।
यस्तै पालिका अध्यक्ष उपाध्यक्ष सहित वडामा पनि कांग्रेसले जित निकालेको छ । ७ वटा वडा रहेको सियारीको वडा नम्बर १ मा राप्रपाका अरुण कुमार शाही १ हजार ७९ मत ल्याएर विजयी भएका छन् । वडा नम्बर २ मा नेकपा एमालेका जनार्दन यादव १ हजार ३ सय ८ मत ल्याइ विजयी भएका छन् भने ३ मा कांग्रेसका राम चन्द कुर्मी ८ सय ३२ मत ल्याइ विजयी भए । वडा नम्बर ४ मा कांग्रेसकै श्रीराम यादव अहिर ८ सय ४३ मत ल्याइ विजयी भए भने ५ मा पनि कांग्रेसका धनपति खरेल ९ सय ७३ मत प्राप्त गरी विजयी हुन सफल भए ।

यस्तै वडा नम्बर ६ मा नेकपा एमालेका शेर बहादुर गुरुङले १ हजार ४ सय ६ मत ल्याइ विजयी भए । भने ७ मा कांग्रेसकै दीपक बहादुर शाहीले २ हजार १ सय १२ मत प्राप्त गरी निर्वाचित भए । ७ वडा रहेको सियारीमा २७ हजार ७ सय ५३ मतदाता रहेकोमा २२ हजार ३८ जनाले मताधिकार प्रयोग गरेका थिए ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ८ : ४४ बजे

पाटन बारको अध्यक्षमा निरौला विजयी

काठमाडौँ । उच्च अदालत बार एसोसिएसन नयाँ पदाधिकारीका लागि आज

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

खजुरा क्यान्सर अस्पतालमा आजबाट दैनिक नित्यपूजा अर्चना सहित स्वास्थ्यलाभका लागि प्रर्थना गरिने

नेपालगन्ज । धार्मिक अनुष्ठानबाट संकल्प गरिएको बाँकेको खजुरा स्थित सुशील

सरकारको विश्वसनीयता खस्किदै गएको छ : वरिष्ठ उपाध्यक्ष बैद्य

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको ३४ र ३५ ओै

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो