१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

नयाँ दललाई फापेको निर्वाचन



काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पहिलो पटक सहभागी नयाँ राजनीतिक दलहरू जनमत परीक्षणमा सफल देखिएका छन् ।

पार्टी गठनको छोटो अवधिमा नै त्यस्ता दलहरूलाई जनताले राम्ररी विश्वास गरेको निर्वाचनको घोषित परिणाम र तिनीहरूले लिएको अग्रताबाट पुष्टि भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी एमालेबाट अलग भई पार्टी गठनको आठ महिनामा नै नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, नेपाल सुशासन पार्टीलगायतले जनताको सम्मानजनक मत पाएका छन् । निर्वाचनको सधैँ विरोध गर्दै आएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादी समेतले पहिलो पटक निर्वाचनमा सहभागी भएर केही वडामा जितेको छ ।

मतगणना जारी रहेकामध्ये पोखरा महानगरपालिकासहित छ स्थानीय तहमा एकीकृत समाजवादीले अग्रता कायम गरिरहेको छ । मतगणना सम्पन्न भएका १७ स्थानीय तहको उपप्रमुखमा समेत एकीकृत समाजवादीले जित हासिल गरेको छ । विस्तृत समाचार आजको गोरखापत्र दैनिकमा मित्र भण्डारीले लेखेका छन ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ७ : २४ बजे

लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा

रुपन्देही प्रहरीले हराएका १२ थान मोवाईल फेला पारी मोबाइल धनिलाई बुझायो

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट मोबाइल हराएको भन्दै

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार

गगन थापाको टिप्पणी- ‘बा र भगवान प्रश्नभन्दा माथि !’

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई