१ पुस २०८२, मंगलबार | December 16, 2025

भरतपुरमा ३१ हजार मत गन्न बाँकी, मेयरमा रेनुको फराकिलो अग्रता



भरतपुर महानगरपालिकामा ३१ हजार ५२८ मतगणना गर्न बाँकी रहेको छ । हालसम्म यस पालिकामा ९६ हजार ३११ मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार महानगरको १ देखि २० नम्बरसम्मको गणना सकिएको छ ।

अहिलेसम्मको गणनाअनुसार महानगरपालिकाको प्रमुख पदमा पाँच दलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बन्नुभएकी रेनु दाहालले आठ हजार २९५ मतले अग्रता लिएकी छिन् । दाहालले ३७ हजार ९२८ मत प्राप्त गर्दा नेकपा (एमाले)का विजय सुवेदीले २९ हजार ६३३ मत प्राप्त गरे ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ४६३ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले राप्रपाकी हिमला गुरुङलाई १६ हजार ६७८ मत अन्तरले अग्रता लिएकी छिन । अधिकारीले ४० हजार १२१ मत प्राप्त गर्दा गुरुङले २३ हजार ४४३ मत प्राप्त गरेका छन् ।

भरतपुर महानगरमा हाल वडा नम्बर २१ र २२ को मतगणना जारी रहेको छ । यस पालिकामा २९ वटा वडा रहेका छन् । स्थानीय तह निर्वाचन २०७९ मा यहाँ एक लाख २७ हजार ८३९ मत खसेको थियो ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ६ : ३९ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज