२७ माघ २०८२, मंगलबार | February 10, 2026

नसकिने भो अब ! पेट्रोलको मूल्य १८० रूपैयाँ, खाना पकाउने ग्याँसको मूल्य १८०० प्रतिसिलिण्डर



काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ ।

आइतबार मध्यरातदेखि लागु हुनेगरी सरकराले पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेको हो ।

जसअनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धन (आन्तरिक) लिटरमा १० रूपैयाँ बढेको छ । यस्तै, खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २ सय रुपैयाँ बढाएको छ । यतिधेरै मूल्यवृद्धि भएको यो नै पहिलोपटक हो ।

अब काठमाडौंमा पेट्रोलको मूल्य १८० रूपैयाँ पर्नेछ भने डिजेल र मट्टितेल १६३ रूपैयाँ लिटर पर्नेछ।

त्यस्तै १८०० रुपैयाँ तिरेपछि मात्र एक सिलिण्डर एलपी ग्यास पाइनेछ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै इन्डियन आयल कर्पोरेशन आईओसीले नेपालमा प्रशोधित तेलको नयाँ मूल्य पढाएपछि नेपाल आयल निगमले पनि यहाँ मूल्यवृद्धि गरेको हो ।

भारतले भने पट्टोलियम पदार्थमा लगाउँदै आएको जीएसटी घटाएर आम जनतालाई मूल्यवृद्धि हुनबाट राहत दिएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ९ : २२ बजे

पशुलाई रोगबाट जोगाउन पूर्णखोप अभियान सञ्चालन

म्याग्दी । पशुलाई महामारीजन्य रोगबाट जोगाउनका लागि जिल्लामा पशुमा पूर्णखोप

दक्षिण अफ्रिकाको विजयी सुरुवात, क्यानडा ५७ रनले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत सोमबार राति सम्पन्न खेलमा

आजको मौसम : तराई भू-भाग उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने

काठमाडौं । हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको छ

खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

काठमाडौं । बजारमा खानेतेल, खाना पकाउने ग्यासलगायत सामग्रीको कृत्रिम अभाव

तीन हजार पाँच सयभन्दा बढी छात्रालाई एचपिभी खोप लगाइँदै

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा पाठेघरको मुखको क्यान्सर रोकथामका