२१ भदौ २०८३, आइतबार | September 7, 2026

दक्षिण अफ्रिकाको विजयी सुरुवात, क्यानडा ५७ रनले पराजित



काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत सोमबार राति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले विजयी सुरुवात गरेको छ । समूह ‘डी’ अन्तर्गत क्यानडासँग भएको आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकाले ५७ रनको फराकिलो जित हात पारेको हो ।

टस जितेर क्यानडाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभर खेल्दै ४ विकेटको क्षतिमा २१३ रनको विशाल योगफल तयार गर्‍यो । २१४ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको क्यानडाले पनि पूरा २० ओभर खेल्यो तर ८ विकेट गुमाउँदै १५६ रनमै सीमित रहन पुग्यो ।

दक्षिण अफ्रिकाका कप्तान एडन मार्करमले आक्रामक ब्याटिङ गर्दै अर्धशतकीय पारी खेले। उनले ३२ बलमा १० चौका र १ छक्काको मद्दतमा ५९ रन बनाए । क्यानडाका बलरतर्फ अंश पटेलले उत्कृष्ट प्रदर्शन गर्दै तीन विकेट लिए ।

लक्ष्य पछ्याउने क्रममा क्यानडाका नवनीत धालिवालले संघर्षपूर्ण अर्धशतक प्रहार गरे । उनले ४९ बलमा ७ चौका र १ छक्कासहित ६४ रन बनाए। तर अन्य ब्याटरले साथ दिन नसक्दा क्यानडाको इनिङ दबाबमा पर्यो ।

दक्षिण अफ्रिकाका तीव्र गतिका बलर लुंगी एनगिडीले धारिलो बलिङ गर्दै चार विकेट लिएर क्यानडाको ब्याटिङ क्रम ध्वस्त पारे ।

यस जितसँगै समूह ‘डी’ बाट दक्षिण अफ्रिका र न्युजिल्यान्डले विश्वकपमा विजयी सुरुवात गरेका छन् ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ८ : १० बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त