१ असार २०८३, सोमबार | June 16, 2026

तीन हजार पाँच सयभन्दा बढी छात्रालाई एचपिभी खोप लगाइँदै



नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि तीन हजार ५९५ बालिकालाई लक्षित गरी एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सञ्चालन हुने भएको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालय नवलरपासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख केशव चापागाईंका अनुसार आगामी फागुन १ गतेदेखि १३ गतेसम्म अभियानका रूपमा सञ्चालन हुने कार्यक्रमबाट जिल्लाभरका तीन हजार ५९५ जना छात्रा लाभान्वित हुनेछन् । अभियान सामुदायिक तथा संस्थागत गरी १७४ विद्यालयमा अध्ययनरत कक्षा ६ का छात्रालाई लक्षित गरिएको उनले जानकारी दिए ।

“जिल्लाका आठवटै स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन हुनेछ”, उनले भने, “सबैभन्दा बढी कावासोती नगरपालिकामा ८१० जना छात्रालाई खोप लगाइनेछ भने गैँडाकोट नगरपालिकामा ७३०, देवचुली नगरपालिकामा ६३५, मध्यविन्दु नगरपालिकामा ५५२, विनयी त्रिवेणी गाउँपालिकामा ३८४, हुप्सेकोट गाउँपालिकामा २७१, बुलिङटार गाउँपालिकामा १११ र बौदीकाली गाउँपालिकामा १०२ जना छात्रा लक्षित छन् ।”

खोप अभियान सञ्चालनका लागि जिल्लामा २४९ खोप केन्द्र तोकिएका छन् । अभियानमा ३३९ स्वास्थ्यकर्मी र त्यत्तिकै सङ्ख्यामा स्वयंसेवक परिचालन गरिने प्रमुख चापागाईंले जानकारी दिए । खोपका लागि आवश्यक सिरिञ्ज, सेफ्टी बक्स, भ्याक्सिन क्यारियरलगायत सामग्रीको व्यवस्थापनसमेत पूरा गरिएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

“एचपिभी भाइरस सङ्क्रमणकै कारण महिलामा पाठेघरको मुखको क्यान्सर हुने भएकाले बाल्यावस्थामै खोप लगाउँदा भविष्यमा क्यान्सरको जोखिम उल्लेख्य रूपमा घट्ने विश्वास लिइएको छ”, उनले भने, “खोप पूर्ण रूपमा निःशुल्क, सुरक्षित र प्रभावकारी रहेको छ ।”

प्रदेश जनस्वास्थ्य कार्यालयले लक्षित सबै छात्रालाई खोप अभियानमा सहभागी गराउन विद्यालय, अभिभावक तथा स्थानीय तहलाई सहकार्य गर्न आग्रह गरेको छ । नेपालमा हरेक वर्ष दुई हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने अनुमान गरिएको छ । हरेक वर्ष एक हजार ३१३ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा रहेको छ ।

महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको विज्ञहरू बताउँछन् । पाठेघरको मुखको क्यान्सर न्यूनीकरणतर्फ महत्वपूर्ण कदमका रूपमा हेरिएको यस अभियानले दीर्घकालीन रूपमा महिलाको स्वास्थ्य सुधारमा योगदान पुग्ने अपेक्षा गरिएको छ

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ७ : ५६ बजे

कार्यदलको सुझावअनुसार एमाले पुनर्गठन हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टी

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

लुम्बिनी चेम्बरको प्रतिक्रिया : निजी क्षेत्रलाइ अपेक्षित बजेट आएन

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का

लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक (पूर्णपाठ)

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८/०८४ का

अधिकमास समाप्त

काठमाडौँ । गत जेठ ३ गतेदेखि सुरु भएको अधिकमास आजदेखि