१४ असार २०८३, आइतबार | June 28, 2026

नाटकीय खेल जित्दै सिटीलाई प्रिमियर लिगको उपाधि



काठमाडौं । अन्तिम खेलमा एस्टन भिल्लाविरुद्ध ३-२ को नाटकीय जित निकाल्दै म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको उपाधि जितेको छ ।

पहिलो हाफमा १-० ले पछि परेको सिटीले खेलमा पुनरागमन गर्दै लगातार दोस्रो पटक उपाधि जितेको हो ।

दोस्रो स्थानको लिभरपुललाई दुई अंकले पछि पार्दै पेप ग्वार्डिओलाको सिटीले उपाधिको रक्षा गरेकाे हाे ।

सिटीलाई जित दिलाउन एल्काई गुन्डोगनले दुई तथा रोड्रीले एक गोल गरे । म्याटि क्यासले ३७ औं मिनेटमा गरेको गोलसँगै भिल्लाले पहिलो हाफमा १–० को अग्रता लिएको थियो ।

लिभरपुलका पूर्व खेलाडीसमेत रहेका फिलिप काउटिन्होले ६९ औं मिनेटमा गरेको गोलसँगै दोब्बर पारेको अग्रता जोगाउन भिल्ला असफल भयो ।

गुन्डोगनले ७६औं मिनेटमा गरेको गोलसँगै स्कोरलाइन २-१ मा ल्याएको सिटीका लागि दुई मिनेट नबित्दै रोड्रीले बराबरी गोल फर्काएका थिए ।

निर्धारित ९० मिनेटको खेल सकिन ९ मिनेट बाँकी रहँदा सिटीका लागि गुन्डोगनले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको जित सुनिश्चित गरे ।

सिटीले जित निकाल्न नसकेको भए दोस्रो स्थानको लिभरपुलले उपाधि जित्ने निश्चित थियो । तर, अन्तिम खेलमा नाटकीय जित निकाल्दै सिटी लगातार च्याम्पियन बन्यो ।

विजेता सिटीले ९३ अंक जोड्दा लिभरपुलले ९२ अंक जोडेको छ । यस्तै ७४ अंक जोडेको चेल्सी तेस्रो स्थानमाइ रहँदा ७१ अंक जोडेको टोटेनह्याम हट्सपरले पनि चौथो स्थानमा रहेर अर्को सिजन च्याम्पियन्स लिगमा स्थान बनायो ।

६९ अंक जोडेर आर्सनल पाँचौं स्थानमा रहँदा म्यानचेस्टर युनाइटेड ५८ अंकसहित छैठौं भयो ।

यसअघि नै निश्चित भइसकेका वाटफोर्ड र नर्विच सिटीसँगै बर्नली पनि रेलिगेसनमा परेको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ६ : २९ बजे

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा

संविधान संशोधन सम्भव, तर प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समयको आवश्यकता र संविधान कार्यान्वयनबाट