६ श्रावण २०८३, बुधबार | July 22, 2026

जो ‘भाग्य’ले विजयी भए



काठमाडौं । स्थानीय तह निर्वाचन सम्पन्न भएर मतगणना जारी छ । अधिकांश पालिकामा मतगणना सम्पन्न भएर निर्वाचित जनप्रतिनिधिले कार्यभार सम्हालिसकेका छन् ।

सार्वजनिक भएको केही मत परिणाम निकै रोचक देखिएका छन् । कतै १ मतले त कतै २ मतले उम्मेदवार विजयी भएका छन् । यस्तै कतै मतबराबर भएपछि गोलाप्रथाको ‘भाग्य’ले समेत उम्मेदवार विजयी भएका छन् । प्रतिस्पर्धी उम्मेदवारबीच मत बराबर भएपछि गोलाप्रथाबाट उम्मेदवार विजयी भएको घोषणा गरिएको छ ।

३० वैशाखमा सम्पन्न निर्वाचनको मत परिणाम सार्वजनिक भइरहेको छ । यो समाचार तयार पर्दासम्म ७ सय २० पालिकाको मत परिणाम सार्वजनिक भइसकेको छ । बाँकी रहेका पालिकामा मतगणना भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

मधेस प्रदेशको सर्लाहीको बहरनाथ नगरपालिका-४ मा दुई जना प्रतिस्पर्धीबीच बराबर मत आएपछि गोला तानेर निर्वाचित प्रतिनिधि चयन गरिएको छ । सो वडाको अध्यक्षमा नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारको मत बराबर आएको थियो ।

एमालेका कृष्णकुमार साह र कांग्रेसका लखेन्द्र महतोले समान ३ सय ४ मत ल्याएका थिए । त्यसपछि निर्वाचितको टुंगो गोला तानेर लगाइएको हो । गोला तान्दा भने एमालेका साह भाग्यमानी साबित भए र पाँच वर्षका लागि वडा अध्यक्ष चुनिए । आयोगले साहलाई विजयी भएको घोषणा ग¥यो ।

त्यस्तै, सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको वडा नम्बर २ र ६ मा वडा अध्यक्ष गोलाप्रथाबाट चुनिएका छन् । वडा नम्बर २ को वडाअध्यक्षमा कांग्रेसका छविलाल न्यौपाने र नकेपा माओवादी केन्द्रका पुरुषोत्तम सापकोटाको मत बराबरी आयो ।

अध्यक्षमा कांग्रेसका न्यौपाने गोला तान्दा विजयी बने । दुवै जनाले समान ४ सय ९५ मत ल्याएपछि गोलाप्रथाबाट विजयी भएको घोषणा गरिएको हो । निर्वाचन आयोगले गोलाप्रथाबाट चुनिएका जनप्रतिनिधिलाई एक मत बढाएर राखेको छ ।

त्यस्तै बफेली गाउँपालिकाकै ६ नम्बर वडाको अध्यक्षका लागि एमालेका तेजबहादुर पराजुली र माओवादी केन्द्रका चित्रबहादुर तामाङ उम्मेदवार बनेका थिए । गोलाप्रथाबाट भने अध्यक्षमा एमालेका पराजुली चुनिएका छन् । दुवै जनाले समान ५ सय ८७ मत ल्याएका छन् ।

महोत्तरीको बर्दिबास नगरपालिकाको वडा नम्बर ७ र ८ मा पनि गोलाप्रथाबाट वडाअध्यक्ष विजयी भएको घोषणा गरिएको छ । वडा नम्बर ७ मा स्वतन्त्र उम्मेदवार रामस्वगारथ यादव र माओवादी केन्द्रका सुरेन्द्रकुमार सिंह काइरीले बराबर ७ सय २६ मत ल्याएका छन् । गोलाप्रथाबाट भने स्वतन्त्रबाट उम्मेदवार रहेका यादव विजयी घोषणा भए ।

वडा नम्बर ८ मा पनि वडा अध्यक्षका दुई उम्मेदवारले बराबरी मत आएपछि गोला तानेर टुंगो लगाइएको थियो । माओवादी केन्द्रका शमशेर सिंह र एमालेका रुद्रबहादुर किंगरिंग मगरले समान ७ सय ६७ मत पाएका थिए । गोला तान्दा माओवादीका शमशेर विजयी भएका छन् ।आजको राजधानी दैनिकमा सुभाष साहले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ७ : १३ बजे

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको