४ पुस २०८२, शुक्रबार | December 20, 2025

सल्यानमा मतदाता भेट्न निर्वाचित जनप्रतिनिधि टोलटोलमा



सुर्खेत । ३० वैशाखको स्थानीय तहको निर्वाचनबाट सल्यानको दार्मा गाउँपालिकामा निर्वाचित जनप्रतिनिधि मतदातासँग भेटघाट कार्यक्रम सुरु गरेका छन् । गाउँपालिका अध्यक्ष निमबहादुर केसी लगायतका जनप्रतिनिधिले दार्मा गाउपालिकामा मतदातासँग भेटघाट गरेका छन् ।

शुक्रबार शपथ ग्रहण गरेपछि शनिबारबाट मतदातालाई भेटघाटको कार्यक्रम सुरु गरेको अध्यक्ष केसीले बताए । शनिबार वडा नम्वर २ को ओजाबाङ , पाथिखोला, कौछे, लिगा र वडा नम्बर ४ को रातामाटा, गलात, सउखालि,नकालगाउ,सिङ्गारीकोट, रामिडाडा, पुखात लगायतका स्थानमा गएर मतदाताहरुसँग भेटघाट गरेको अध्यक्ष केसीले बताए । भेट्का क्रममा अध्यक्षले निर्वाचित भई सकेपछि आफू पार्टीको नभएर समग्र दर्माली जनताको प्रतिनिधि भएकाले सबैलाई समान दृष्टिकोणले हेर्ने दाबी गरे ।

दार्माको विकासमा यो र त्यो पार्टी नभनेर गुणस्तरीय विकासका लागि काम गर्ने छ,’ उनले भने, दार्मा सल्यान जिल्लाकै विकट बस्ती भएकाले विकासमा पछाडि परेको छ। स्थानीय सरकार भएपछि दार्माले अबको पाँच वर्षमा दार्मा गाउँपालिकालाई नमुना गाउँपालिका बनाउन आफ्नो टिम लाग्नेछ ।’

पाँच वर्षमा जनताको मतदानलाई नबिर्सेर समृद्ध दार्मा बनाउन लागि पर्नेमा उनले जोड दिए । सबै जनताले आफूलाई विश्वास गरेर फ़ेरि निर्वाचित गराएकाले सबको भावना अनुसार काम गर्ने उनको भनाई छ ।

दार्मामा शिक्षा, स्वस्थ्य, यातायात, खानेपानी रोजगारका विषयलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने योजना रहेको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ११ : २९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको