२४ भदौ २०८३, बुधबार | September 9, 2026

सल्यानमा मतदाता भेट्न निर्वाचित जनप्रतिनिधि टोलटोलमा



सुर्खेत । ३० वैशाखको स्थानीय तहको निर्वाचनबाट सल्यानको दार्मा गाउँपालिकामा निर्वाचित जनप्रतिनिधि मतदातासँग भेटघाट कार्यक्रम सुरु गरेका छन् । गाउँपालिका अध्यक्ष निमबहादुर केसी लगायतका जनप्रतिनिधिले दार्मा गाउपालिकामा मतदातासँग भेटघाट गरेका छन् ।

शुक्रबार शपथ ग्रहण गरेपछि शनिबारबाट मतदातालाई भेटघाटको कार्यक्रम सुरु गरेको अध्यक्ष केसीले बताए । शनिबार वडा नम्वर २ को ओजाबाङ , पाथिखोला, कौछे, लिगा र वडा नम्बर ४ को रातामाटा, गलात, सउखालि,नकालगाउ,सिङ्गारीकोट, रामिडाडा, पुखात लगायतका स्थानमा गएर मतदाताहरुसँग भेटघाट गरेको अध्यक्ष केसीले बताए । भेट्का क्रममा अध्यक्षले निर्वाचित भई सकेपछि आफू पार्टीको नभएर समग्र दर्माली जनताको प्रतिनिधि भएकाले सबैलाई समान दृष्टिकोणले हेर्ने दाबी गरे ।

दार्माको विकासमा यो र त्यो पार्टी नभनेर गुणस्तरीय विकासका लागि काम गर्ने छ,’ उनले भने, दार्मा सल्यान जिल्लाकै विकट बस्ती भएकाले विकासमा पछाडि परेको छ। स्थानीय सरकार भएपछि दार्माले अबको पाँच वर्षमा दार्मा गाउँपालिकालाई नमुना गाउँपालिका बनाउन आफ्नो टिम लाग्नेछ ।’

पाँच वर्षमा जनताको मतदानलाई नबिर्सेर समृद्ध दार्मा बनाउन लागि पर्नेमा उनले जोड दिए । सबै जनताले आफूलाई विश्वास गरेर फ़ेरि निर्वाचित गराएकाले सबको भावना अनुसार काम गर्ने उनको भनाई छ ।

दार्मामा शिक्षा, स्वस्थ्य, यातायात, खानेपानी रोजगारका विषयलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने योजना रहेको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ११ : २९ बजे

दिवंगत आमाको स्मृतिमा अक्षयकोष

नेपालगन्ज । क्यान्सर रोगबाट अल्पआयु मै दिवंगत भएकी विष्णादेवी जैसीको

एमाले अध्यक्ष ओलीद्वारा बालकोटस्थित निवासको अवलोकन

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन्जी

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको