२७ मंसिर २०८२, शनिबार | December 13, 2025

चितवनमा जिसस प्रमुख र उपप्रमुखको लागि गोलाप्रथा हुने



चितवन । चितवनमा जिल्ला समन्वय समिति ९जिसस०को प्रमुख र उपप्रमुखको लागि गोला प्रथा हुने भएको छ । पाँच दलीय गठबन्धन र नेकपा ९एमाले०सँग बराबर मतदाता हुने भएपछि जिससको लागि गोलाप्रथा हुने भएको हो ।

जिसस प्रमुख र उपप्रमुखको निर्वाचनमा पालिका प्रमुखरअध्यक्ष र उपप्रमुखरउपाध्यक्षले मतदान गर्न पाउँछन् । चितवनमा जिससको निर्वाचनमा सात पालिकाका १४ जना मतदाताले मतदान गर्ने छन् । जिससको निर्वाचन जित्न कम्तिमा आठ मत ल्याउनुपर्छ ।

पाँच दलीय गठबन्धनले तीन पालिका प्रमुख र दुई उपप्रमुख जितिसकेको छ । भरतपुर महानगरको प्रमुख र उपप्रमुख पनि जित्ने पक्का भइसकेको छ । अहिले भरतपुर महानगरपालिकाको मतगणना भइरहेको छ । मत गन्न बाँकी रहेका भरतपुरका तीनवटै वडाको सबै मत एमाले–राप्रपाले पाए पनि जित्ने सम्भावना टरेको छ ।

यससँगै जिससको निर्वाचनका लागि गठबन्धनसँग सात भोटमात्रै हुने भएको छ । एमालेको एक्लै सात भोट छ । एमालेले तीन पालिका प्रमुख र चार उपप्रमुख जितेको छ ।

जिसस जित्न गठबन्धन र एमाले दुवैसँग पर्याप्त भोट नपुग्ने निश्चित छ । अब गठबन्धन वा एमाले कुनै एउटा पक्षले अर्को पक्षको एउटा भोट आफूतिर तान्नुपर्ने अवस्था बनेको छ । यदि त्यसो नभए जिससको प्रमुख र उपप्रमुखको लागि गोला प्रथा हुने छ ।

पालिकामा कार्यपालिका सदस्यको निर्वाचन सकिएपछि मात्रै जिससको निर्वाचन हुने जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए । जिससको निर्वाचनमा बराबर मत आए गोलाप्रथाबाट जिसस प्रमुख र उपप्रमुख निर्वाचित हुने उनले बताए ।

‘जिससको निर्वाचनमा पालिका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउँछन् । पालिकाको वडाध्यक्ष वा सदस्यमा निर्वाचित जनप्रनिधिले जिसस प्रमुख र उपप्रमुखको लागि उमेदवारी दिन पाउँछन्’, उनले भने, ‘मत बराबर आए गोला प्रथाबाट जनप्रतिनिधि छान्ने काम हुन्छ ।’

पालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यका उमेदवार निर्वाचित भएको घोषणा भएको १५ दिनभित्र कार्यपालिका सदस्यको लागि निर्वाचन गर्नुपर्ने कार्कीले जानकारी दिए ।

नगरपालिकामा तीन जना र गाउँपालिकामा दुई जना कार्यपालिका सदस्य निर्वाचित हुने उनले बताए । त्यसको लागि पालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यले मत हाल्न पाउँछन् । कार्यपालिका सदस्यको निर्वाचन निर्वाचन अधिकृतले गराउने कार्कीले बताए ।

‘कार्यपालिका सदस्यको निर्वाचनमा दलित र अल्पसंख्यकलाई दलहरुले उमेदवार बनाउन पाउँछन् । निर्वाचन अधिकृतले त्यसको निर्वाचन गराउने व्यवस्था छ’, उनले भने ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ५ : ५८ बजे

१०८ महाधिवेशन प्रतिनिधिको सूचीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको असहमति

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले एकलौटी माहाधिवेशन प्रतिनिधि मनोनित

रिमोट थिचेर झण्डा फहराउँदै अध्यक्ष ओलीले गरे एमालेको महाधिवेशन उद्घाटन

काठमाडौँ । भक्तपुरको सल्लाघारीमा नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन

‘अन्तरराष्ट्रिय लगानीमा सञ्चालन हुने आयोजनामा स्थानीय सरकारलाई साक्षी होइन, निर्णायक भूमिकामा राख्नुपर्छ’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले, अन्तरराष्ट्रिय साझेदारी र

पुस्तक चर्चा : चीन बुझाउने कृति ‘चिनियाँ दृष्टिकोण’

काठमाडौँ । विश्व प्रणालीमा केही वर्षदेखि चीन एक उदीयमान शक्ति

एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड

भक्तपुर । सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा आजबाट सुरु