२२ माघ २०७९, आइतबार | February 5, 2023

चुनावले बढायो व्यवसायिक चहलपहल



चितवन । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा व्यावसायिक क्षेत्रमा चहलपहल बढ्न थालेको छ । मुख्यरुपमा होटल रेष्टुराँका व्यापार बढ्न थालेका छन् ।

यसको प्रत्यक्ष लाभ उत्पादन क्षेत्रले पनि पाउन थालेका छन् । पछिल्ला वर्षहरुमा निर्वाचनको समयमा खर्च बढी हुने गरेको छ । स्थानीय तहको निर्वाचन भएकाले गाउँ टोलमा रहेका होटल रेष्टुराँदेखि सहरका ठूला होटल रेष्टुराँमा पनि यसको प्रभाव देखिन थालेको हो । जिल्लाका पर्यटन व्यवसायीसमेत रहनुभएका उद्योग परिसङ्घ बागमती प्रदेशका अध्यक्ष भेषराज दुवाडी निर्वाचनको चहलपहल सुरु भएको बताउँछन्। उनी भन्छन्, “ऋण धन गरेर पनि उम्मेदवारले खर्च गर्ने हुँदा यसले बजार व्यवसायलाई चलायमान बनाउँछ ।” बैंक र वित्तीय क्षेत्रभन्दा बाहिर रहेका नगद रकमसमेत निर्वाचनमा आउने अनुमान रहेको उनको भनाई छ । उहाँले थप्नुभयो, “यसको नतिजा निर्वाचनपछि देखिन्छ ।” होटल रेष्टुराँमा ग्राहक थपिएको दुवाडी बताउँछन् ।

उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले आर्थिक क्षेत्र चलायमान हुन थालेको बताए । बजारको चहलपहल कम भएकोमा क्रमशः बढ्दै गएको छ । होटल रेष्टुराँको व्यापार बढेसँगै यसको प्रत्यक्ष प्रभाव उत्पादन क्षेत्रमा पर्ने श्रेष्ठको भनाइ रहेको छ । उनले भने, “निर्वाचनको समयमा पैसा बजारमा आउँदै गर्दा समग्र अर्थतन्त्रमा यसको लाभ पुग्छ ।” विगतका निर्वाचनमा पनि चलायमान हुने गरेको भन्दै उहाँले चुनावको मिति नजिकिँदै गर्दा बजार थप चलायमान बन्ने बताए ।

देशभरबाट हेरिएको निर्वाचन भएकाले भरतपुरमा चुनावी चहलपहल बढी हुने अनुमान रहेको छ । रेष्टुराँ एण्ड बार एशोसिएशन चितवनका अध्यक्ष अच्युत भट्टले साना रेष्टुराँको व्यापार राम्रो हुन थालेको बताए । गाउँगाउँमा रहेका साना रेष्टुराँमा पनि चहलपहल वढेको छ । भट्टले भने, “ठूला होटल रेष्टुराँमा पनि व्यवसाय बढ्ने अनुमान हाम्रो रहेको छ ।” एशोसिएशनकी उपाध्यक्ष अनुशा पाठकले आशातित् व्यापार भई नसके पनि सङ्केत राम्रो भएको बताइन । सुनसानजस्तै भएकोमा क्रमशः मानिसको चहलपहल बढ्न थालेको पाठकको भनाइ छ ।

बजार चलायमान हुँदै गर्दा कुखुराजन्य उत्पादनको माग बढ्न थालेको छ । मुख्यरुपमा अण्डा र मासुको माग बढेको व्यवसायीले बताएका छन् । पोल्ट्री व्यवसायी शङ्कर कँडेलको भनाइमा अण्डा र मासुको माग बढेको छ । बीचको समयमा कुखुराजन्य पदार्थको माग घट्दा मूल्यमा कमी आएको थियो । अब क्रमशः पूर्ववत् अवस्थामा अण्डाको मूल्य फर्कने अवस्थामा रहेको छ । बजारमा अण्डाको माग बढेसँगै मूल्य पनि बढेको व्यवसायीले बताएका छन् । अण्डा उत्पादक कृषक मदन पोख्रेलले यसअघि प्रतिक्रेट रु ३३० मा बिक्री हुँदै आएको अण्डा आजदेखि रु ३८० मा बिक्री हुन थालेको छ। अण्डा दिए पछि बिक्री गर्ने माउ कुखुरा प्रतिकिलो रु ११० बाट रु १५० पुगेको छ । बजारमा कुखुराको मासुको अभाव हुन थालेको व्यवसायी बताउँछन् । बीचको समयमा बर्डफ्लुका कारण कुखुरा मरेपछि यसको प्रभाव बजारमा देखिन थालेको हो । माग बढी र उत्पादन कमी हुँदा समस्या देखिएको व्यवसायी बताउँछन् । -रासस

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ९ : २५ बजे

माघ २७ मा राष्ट्रपतिले संघीय संसद्‍लाई सम्बोधन गर्ने

काठमाडौं । संघीय संसद्‌को संयुक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले माघ

लुम्बिनीलाई श्रद्धा राखेर बौद्ध आस्थालाई ठेस नपुर्‍याई गतिविधि गर्दा आपत्ति गर्नु हुँदैन : लुम्बिनी विकास कोष

बुटवल । लुम्बिनी स्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा रामकथा

सत्ता साझेदार दलको एकतालाई अझै बलियो बनाउने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रास्वपाले सरकारबाट बाहिरिए पनि

संसद्मा बाधा अड्काउ फुकाउ आदेश पेस

काठमाडौं । प्रतिनिधिसभामा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप

प्रचण्ड सरकारलाई ‘सुरक्षित’ राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरियो

काठमाडौं, २२ माघ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट