२७ बैशाख २०८३, आइतबार | May 10, 2026

बाँकेमा जोगाउन सकेन एमालेले विरासत



नेपालगन्ज । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)ले बाँके जिल्लाको पालिकाको प्रमुख जित्न सकेन । विसं २०७४ को निर्वाचनमा चार पालिका र ३१ वडा जितेको एमालेले सबै पालिकामा नेतृत्व गुमाउँदै २१ वडामा मात्र सिमीत हुन पुगेको छ । उस्तै हालत राप्रपाको पनि छ । उसले नेपालगञ्जमा आफ्नो विरासत जोगाउन सकेन ।

निर्वाचनको सबै पालिकाको नतिजा सार्वजनिक हुँदा आठ पालिका रहेको जिल्लामा नेपाली कांग्रेसले सबैभन्दा बढी पालिका जितेर सबैभन्दा ठूलो दल बनेको छ । कांग्रेसले पाँच पालिकामा प्रमुख–उपप्रमुख दुवै, दुई पालिकामध्ये एकमा प्रमुख, अर्कोमा उपप्रमुख जित्न सफल भएको छ । जनता समाजवादी पार्टी (जसपा)ले एक पालिका प्रमुख र दुई उपप्रमुखमा जित निकालेको छ भने नेकपा (माओवादी केन्द्र)ले एक पालिका प्रमुख जितेको छ ।

जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार जिल्लाको कोहलपुर नगरपालिका, राप्तीसोनारी, डुडुवा, बैजनाथ, जानकी गाउँपालिका तथा नेपालगञ्ज उपमहानगरपालिकामा कांग्रेसले जित निकालेको छ भने खजुरामा माओवादी केन्द्रले जित हासिल गरेको छ । नरैनापुर गाउँपालिकामा जसपा पुनः विजय भएको छ ।

राप्तीसोनारीको अध्यक्षमा कांग्रेसका तप्त पौडेल र उपाध्यक्षमा पूर्णिमासिंह थारू, डुडुवाको अध्यक्षमा कांग्रेसका नरेन्द्र चौधरी र उपाध्यक्षमा शाहिदा बानो, जानकीको अध्यक्षमा कांग्रेसका छब्बन खाँ, र उपाध्यक्षमा रामप्यारी यादव, बैजनाथको अध्यक्षमा कांग्रेसकै प्रकाश शाह, उपाध्यक्षमा निर्मला रोकाय, नरैनापुरको अध्यक्षमा जसपाका मोहम्मद इश्तियाक अहमद साह र उपाध्यक्षमा जयन्ती श्रीवास्तव, कोहलपुरमा कांग्रेसका पूर्ण आचार्य र उपप्रमुखमा सङ्गीता सुवेदी पौडेल विजयी भएका छन् ।

माओवादी–कांग्रेसको गठबन्धन रहेको खजुराको अध्यक्षमा माओवादीका डम्बर विक तुफान र उपाध्यक्षमा कांग्रेसका मञ्जु मल्ल विजयी भए भने पाँचदलीय गठबन्धन रहेको नेपालगञ्ज उपमहानगरमा गठबन्धनका तर्फबाट प्रमुखका उम्मेदवार कांग्रेसका प्रशान्त विष्ट र उपप्रमुखका उम्मेदवार जसपाका कमरुद्दीन राई विजयी भए ।

विस २०७४ को निर्वाचनमा चार पालिका जितेको एमालेले जिल्लामा पहिलोपटक यस निर्वाचनमा कुनै पनि पालिका जित्न सकेन । गठबन्धनका बाबजुद पनि जिल्लाका छ पालिकामा एमाले दोस्रो शक्तिका रूपमा आफूलाई स्थापित गर्न सफल भएको एमाले बाँकेका इन्चार्ज सूर्य ढकालले दाबी गर्छन् ।

राप्रपाका महामन्त्री डा धवलशम्शेर राणाले आफ्नो विरासत जोगाउन कोसिस भए पनि सम्भव हुन नसकेको बताए । राप्रपाले माओवादीबाट नन्दलाल वैश्यलाई पार्टीमा ल्याएर निर्वाचन लडाएको थियो । नेपालगञ्जमा वैश्य तेस्रो स्थानमा रहे ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ८ : २२ बजे

संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीशको सिफारिस भएको हो : सभापति लामिछाने

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ?

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबार (हिजो) देखि

पर्यटकको बसाइ अवधि लम्ब्याउन नसकेकोप्रति चिन्ता व्यक्त

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबार (हिजो) देखि

सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने

काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ

अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलनमा सम्मान र सुरक्षाबारे विमर्श

काठमाडौँ । मनमोहन स्मृति प्रतिष्ठानले यहाँ आयोजना गरेको अन्तरराष्ट्रिय ज्येष्ठ