१२ पुस २०८२, शनिबार | December 28, 2025

अन्तिम परिणाम सार्वजनिक भएको १५ दिनमा गाउँ/नगर कार्यपालिका गठन गर्नुपर्ने



काठमाडौं । स्थानीय तह निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको १५ दिनभित्र गाउँ कार्यपालिका र नगर कार्यपालिका गठनका लागि निर्वाचन गर्नुपर्ने भएको छ ।

गाउँ कार्यपालिका तथा नगर कार्यपालिका निर्वाचन निर्देशिका २०७४ अनुसार महिला, दलित र अल्पसङ्ख्यक सदस्यका लागि निर्वाचन गर्नुपर्ने भएको हो ।

निर्वाचनमा मतदाता ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि नै हुनेछन् ।

दलित वा अल्पसङ्ख्यक समुदायबाट हुने सदस्य पदका लागि उम्मेदवारी दिने व्यक्तिले सम्बन्धित गाउँपालिका, नगरपालिका वा अधिकारप्राप्त निकायले दिएको दलित वा अल्पसङ्ख्यक समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा पेश गर्नु पर्ने निर्देशिकामा उल्लेख छ ।

निर्वाचनबाट गाउँ कार्यपालिकाको हकमा चार जना महिला सदस्य र दलित वा अल्पसङ्ख्यक पदमा दुई जना सदस्य निर्वाचित गर्नुपर्ने प्रावधान छ ।

नगर कार्यपालिकामा भने पाँच जना महिला सदस्य र दलित वा अल्पसङ्ख्यक पदमा तीन जना सदस्य निर्वाचित गर्नुपर्ने भनिएको छ ।

 

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  १० : ४५ बजे

नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी

जनकपुरधाम । नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस

बसन्तको बखानमाथि बुटवलमा छलफल

बुटवल । बसन्त पराजुलीद्वारा लिखित बखानसिंह गुरुङको जीवनीमा आधारित आख्यान

निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा

प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक, १ करोड ८९ लाखभन्दा बढी मतदाता

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका