११ चैत्र २०८२, बुधबार | March 25, 2026

अन्तिम परिणाम सार्वजनिक भएको १५ दिनमा गाउँ/नगर कार्यपालिका गठन गर्नुपर्ने



काठमाडौं । स्थानीय तह निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको १५ दिनभित्र गाउँ कार्यपालिका र नगर कार्यपालिका गठनका लागि निर्वाचन गर्नुपर्ने भएको छ ।

गाउँ कार्यपालिका तथा नगर कार्यपालिका निर्वाचन निर्देशिका २०७४ अनुसार महिला, दलित र अल्पसङ्ख्यक सदस्यका लागि निर्वाचन गर्नुपर्ने भएको हो ।

निर्वाचनमा मतदाता ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि नै हुनेछन् ।

दलित वा अल्पसङ्ख्यक समुदायबाट हुने सदस्य पदका लागि उम्मेदवारी दिने व्यक्तिले सम्बन्धित गाउँपालिका, नगरपालिका वा अधिकारप्राप्त निकायले दिएको दलित वा अल्पसङ्ख्यक समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा पेश गर्नु पर्ने निर्देशिकामा उल्लेख छ ।

निर्वाचनबाट गाउँ कार्यपालिकाको हकमा चार जना महिला सदस्य र दलित वा अल्पसङ्ख्यक पदमा दुई जना सदस्य निर्वाचित गर्नुपर्ने प्रावधान छ ।

नगर कार्यपालिकामा भने पाँच जना महिला सदस्य र दलित वा अल्पसङ्ख्यक पदमा तीन जना सदस्य निर्वाचित गर्नुपर्ने भनिएको छ ।

 

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  १० : ४५ बजे

प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाहको शपथ शुक्रबार १२ः३४ बजे, पदबहाली २ः१५ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह

फागुन २१ गतेको निर्वाचन मानक : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा कार्यभार सुरु

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सिंहदरबारस्थित सङ्घीय संसद्

इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम

सुनसान सिंहदरबार

काठमाडौं । देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग