२९ मंसिर २०८२, सोमबार | December 16, 2025

नेपाली उत्पादन उपभोग अभिवृद्धि दशक अभियान सुरु गरिने



काठमाडौं । सरकारले समुन्नत अर्थतन्त्र विकासका लागि नेपाली उत्पादन, उपभोग अभिवृद्धि दशक अभियान सुरु गर्ने भएको छ ।

संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९र०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली उत्पादन, उपभोग अभिवृद्धि दशक अभियान सुरु गर्ने गरिने जानकारी दिएकी हुन् ।

‘नेपाली उद्योग नेपालमै रोजागर, आफ्नै उत्पादन आफ्नै बजार’ नारासहित नेपाली उत्पादन, उपभोग अभिवृद्धि दशक अभियान सुरु गरिने राष्ट्रपति भण्डारीले जानकारी दिइन् ।

सरकारले सबल अर्थतन्त्र निर्माणका लागि उद्योग क्षेत्रको नेतृत्वदायी भूमिका स्थापित गर्ने लक्ष्य लिएको छ । त्यसका लागि उद्योगमैत्री र व्यवसायीमैत्री वातावरणको आधार तयार गर्ने सरकारले नीति लिने भएको छ ।

निजी क्षेत्रलाई उत्पादनमुलक उद्योग स्थापना र सञ्‍चालन गर्न प्रोत्साहित पनि गर्ने सरकारले जनाएको छ ।

कृषि, वन तथा खानी क्षेत्रका उत्पादनलाई औधोगिक प्रशोधन शृङ्खलासँग जोड्दै एकीकृत नमूना कार्यक्रम सञ्चालन गरिने आर्थिक वर्ष २०७९र०८० को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छिन् ।

उनले ऊर्जा दक्षतासँगै नवीकरणीय ऊर्जाको उपयोगबाट हरित अर्थतन्त्रको विकास गर्न औधोगिक प्रबद्र्धन गर्ने पनि बताइन् ।

उनका अनुसार सरकारले तुलनात्मक लाभ भएको उत्पादनशील क्षेत्रहरूमा आन्तरिक तथा वैदेशिक लगानीमा वृद्धि, साना तथा मझौला उद्योगलाई नवप्रबद्र्धन गर्ने छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ५ : ०२ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको