२४ भदौ २०८३, बुधबार | September 10, 2026

नेपालले कतारमा ओमान र लिष्ट टिमोरसँग खेल्ने



काठमाडौं । एएफसी एसियन कप-२०२३ छनोटको तयारीमा रहेको नेपाली फुटबल टिमले कतारमा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । कतार फुटबल संघका अनुसार नेपालले कतारमा ओमान र लिष्ट टिमोरसँग खेल्ने पक्का भएको हो ।

त्यसका लागि नेपाली टिम बुधबार राति ८ बजे कतार प्रस्थान गर्दै छ । प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले नियमित टोलीका ११ खेलाडीलाई बाहिर राख्दै टोली घोषणा गरेका हुन् ।

यसअघि नेपालले कतारमा अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने तयारी गरेको थियो । तर, त्यो अन्तिम समयमा रद्द भयो ।

अब, नेपालले पहिलो खेल २८ मे अर्थात शनिबार लिष्ट टिमोरसँग खेल्नेछ भने ३ जुनमा ओमानसँग खेल्नेछ ।

एसियन कप छनोटको समूह ‘ए’ मा रहेको नेपालले कुवेत, जोर्डन, इन्डोनेसियासँग खेल्नेछ ।

नेपाली टिम

गोलकिपरः दीप कार्की, विशाल सुनार, टिकेन्द्रसिंह थापा

रक्षकः विकाश खवास, विकाश तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल

मिडफिल्डरः आकाश बुढामगर, एरिक बिष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन रानामगर, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, सुनील बल, सुरजजिउ ठकुरी

फरवार्डः आयुष घलान, दर्शन गुरुङ, जर्जप्रिन्स कार्की, मनिष डाँगी, नवयुग श्रेष्ठ

 

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ३ : ३८ बजे

दिवंगत आमाको स्मृतिमा अक्षयकोष

नेपालगन्ज । क्यान्सर रोगबाट अल्पआयु मै दिवंगत भएकी विष्णादेवी जैसीको

एमाले अध्यक्ष ओलीद्वारा बालकोटस्थित निवासको अवलोकन

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन्जी

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको