२४ बैशाख २०८१, सोमबार | May 6, 2024

नेपालले कतारमा ओमान र लिष्ट टिमोरसँग खेल्ने



काठमाडौं । एएफसी एसियन कप-२०२३ छनोटको तयारीमा रहेको नेपाली फुटबल टिमले कतारमा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । कतार फुटबल संघका अनुसार नेपालले कतारमा ओमान र लिष्ट टिमोरसँग खेल्ने पक्का भएको हो ।

त्यसका लागि नेपाली टिम बुधबार राति ८ बजे कतार प्रस्थान गर्दै छ । प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले नियमित टोलीका ११ खेलाडीलाई बाहिर राख्दै टोली घोषणा गरेका हुन् ।

यसअघि नेपालले कतारमा अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने तयारी गरेको थियो । तर, त्यो अन्तिम समयमा रद्द भयो ।

अब, नेपालले पहिलो खेल २८ मे अर्थात शनिबार लिष्ट टिमोरसँग खेल्नेछ भने ३ जुनमा ओमानसँग खेल्नेछ ।

एसियन कप छनोटको समूह ‘ए’ मा रहेको नेपालले कुवेत, जोर्डन, इन्डोनेसियासँग खेल्नेछ ।

नेपाली टिम

गोलकिपरः दीप कार्की, विशाल सुनार, टिकेन्द्रसिंह थापा

रक्षकः विकाश खवास, विकाश तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल

मिडफिल्डरः आकाश बुढामगर, एरिक बिष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन रानामगर, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, सुनील बल, सुरजजिउ ठकुरी

फरवार्डः आयुष घलान, दर्शन गुरुङ, जर्जप्रिन्स कार्की, मनिष डाँगी, नवयुग श्रेष्ठ

 

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ३ : ३८ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa