९ पुस २०८२, बुधबार | December 24, 2025

बलात्कारसम्बन्धी मुद्दामा हदम्याद हटाउन चार दफामा संशोधन आवश्यक



काठमाडौं । महिला नेताहरूदेखि अधिकारकर्मीहरूसम्मले बलात्कारसम्बन्धी मुद्दामा हदम्याद हटाउन सरकारलाई दबाब दिइरहेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पनि हदम्याद हटाएर हिंसापीडित महिलालाई न्याय दिलाउन चाहेको बुधबार बताइसकेका छन् ।

हदम्याद हटाउन मुलुकी अपराध संहिता– २०७४ मा जबर्जस्ती करणी (बलात्कार) सम्बन्धी परिच्छेदका दफाहरूमा संशोधन गर्नुपर्छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संशोधन प्रक्रिया थालेको छैन ।

हदम्याद हटाउनै परे मन्त्रालयले संशोधनका लागि मस्यौदा तयार गरेर मन्त्रिपरिषद् बैठकमा पेस गर्नुपर्ने र मन्त्रिपरिषद् बैठकले संसद्मा पेस गर्न स्वीकृति दिनुपर्ने प्रक्रियागत प्रावधान छ ।

संसद्को दुवै समितिमा छलफलपछि पारित संशोधन पारित हुँदा राष्ट्रपतिबाट प्रमाणीकरण भएको अवस्थामा हदम्याद हट्ने महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मी बताउँछन् ।

उनले बलात्कारसम्बन्धी दफाहरू २१९, २२०, २२१ र २२२ मा संशोधन आवश्यक हुने बताए ।

आठ वर्षअघि भएको भनिएको एउटा बलात्कारसम्बन्धी घटनाका पीडितलाई न्याय दिलाउन सन्दर्भमा हदम्याद हटाउनुपर्ने आवाज उठेको हो ।

तर, यसअघि नायक पल शाह प्रकरणमा भने बलात्कार भएको भनिएको दुई वर्षपछि प्रहरीमा उजुरी पर्दा हदम्याद नाघिसकेको भन्दै उजुरीमाथि कतिपयले प्रश्न उठाएका थिए ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ९ : २० बजे

सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो : गृहमन्त्री अर्याल

कर्णाली । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य कार्यभार आगामी

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृत नियुक्त

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार

घाइते खनालपत्नीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड र नेपाल खनाल निवासमा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड तथा

तराईमा बिहानैदेखि शीतलहर, चिसोबाट जनजीवन प्रभावित

काठमाडौं । आज (बुधबार) तराईका अधिकांश स्थानमा बिहानै देखिकुहिरो (हुस्सु)