५ चैत्र २०८१, मंगलबार | March 18, 2025

बाँकेमा १५ वर्षिया किशोरी बलात्कृत, अत्याधिक रक्तश्राव भएपछि अस्पताल भर्ना, एकजना पक्राउ



नेपालगन्ज । बाँकेको नरैनापुरमा एकजना १५ वर्षिय किशोरी बलात्कृत भएकी छन् । आज अपरान्ह ५ बजेको समयमा यनीमाथि जबर्जस्ती करणी भएको प्रहरीले जनाएको छ । बलात्कार गरेको आरोपमा नरैनापुर गाउँपालिका वडा नं. ५, हुलासपुर्वा बस्ने जगबहादुर तेलीलाई पक्राउ गरिएको छ ।

मटेहियादेखि नरैनापुर जाने मोडमा आज करीब ५ बजेतिर जबरजस्ती करणी भएको र करणीबाट किशोरीको अत्यधिक रक्तश्राव भएको स्थानीयले बताएका छन् । स्थानीयले खबर गरे लगत्तै भगवानपुर ईलाका प्रहरी कार्यालयका प्रमुख टोपेन्द्र बुढामगरको नेतृत्वमा घटना स्थल पुगी युवतीलाई स्वास्थ्य उपचारको लागि भेरी अस्पताल पठाएको जिल्ला प्रहरी कायर्यालय बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक आकाश भुसालले बताए । करणी ष्रेर फरार भएका भनिएका तेलीलाई नरैनापुरबाटै पक्राउ गरिएको पनि भुसालले जानकारी दिए ।

रक्तश्राव भएको बिशोरीको भेरी अस्पतालमा उपचार भइरहेको जनाउँदै तेलीमाथि जबर्जस्ती करणी अभियोगमा अनुसनधान थालिएको प्हरीले जनाएको छ ।

बलात्कृत किशोरी नाबालक १५ वर्ष भएको स्थानीयले बताएपनि पक्राउ परेका तेलीलले महिलाको उमेर २० वर्ष बताएको प्रहरी स्रोतले दाबी गरेको छ । जाहेरीका साथ आउने कागजातबाट महिलाको उमेर पुष्टी हुने प्रहरी निरीक्षक भुसालले बताए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ९ : ४२ बजे

छिटफुट घटनाबाहेक स्ववियु निर्वाचन सम्पन्न

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा

लिङ्देनले बहिस्कार गर्दा कमल थापाले दिए नवराज सुबेदी नेतृत्वको राजावादी आन्दोलनलाई मान्यता

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपाल केन्द्रीय कार्यसम्पादन समिति

संविधान संशोधनअघि बृहत् समीक्षा गरौँः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न

काठमाडौँ । प्रधानमन्त्री एवं पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति केपी