१ आश्विन २०८३, बिहिबार | September 17, 2026

सानदार नतिजामा शुक्र बने च्याम्पियन, नम्बर एक बन्न सफल



काठमाडौं । धरानका प्रोफेसनल गल्फर शुक्र बहादुर राई ३-अन्डर ६९ को स्कोर सहित समग्रमा १९-अन्डर २ सय ६९ को सानदार नतिजामा सुर्य नेपाल गल्फ टुर २०२१-२२ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पियन बन्न सफल भएका छन्।

करियरकै उत्कृष्ट स्कोर निकालेका शुक्रले धरानकै निरज तामाङलाई ६ स्ट्रोकले हराउँदै करियरको सातौ उपाधि हात पारे। उपाधिसँगै जितेको नगद दुई लाख पचास हजारले शुक्र पहिलो पटक नेपाल नम्बर एक गल्फर बनेका छन्। उनले यो सिजनको कुल आठ मध्ये पाँच प्रतियोगिता मात्र खेलेपनि सर्वाधिक ६ लाख ६३ हजार ५०० नगद पुरस्कार सहित नम्बर एक बनेका हुन्।

२-ओभर ७४ सहित समग्रमा १३-अन्डर २ सय ७५ सहित निरज दोस्रो भए। समग्रमा १२-अन्डर २ सय ७६ सहित तेस्रो भएका भुवनले नम्बर एक गल्फरको स्थान गुमाए। उनले अन्तिम दिन २-अन्डर ७० स्कोर जोडे। यो सिजन कुल ५ लाख ८० हजार ५ सय नगद पुरस्कार सहित दोस्रो स्थानमा तल झरे।

एमेच्योर वाङ्गचेन ढोन्डुपले १-ओभर ७३ सहित समग्रमा ११-अन्डर २ सय ७७ सहित एमेच्योरतर्फ उपाधि जिते। समग्रमा भने उनी चौथो भए।

अर्का एमेच्योर महेन्द्र फगामी समग्रमा १०-अन्डर २ सय ७८ सहित एमेच्योरतर्फ दोस्रो भए। उनले अन्तिम दिन ३-अन्डर ६९ को स्कोर गरे। समग्रमा भने उनी पाँचौ भए।

एमेच्योरतर्फ एकक्षत्र राज गरिरहेको सुबाश तामाङले समग्रमा ७-अन्डर २ सय ८१ सहित पुर्ण बहादुर शर्मासँग संयुक्तरुपमा छैठौं स्थान बाँडे। सुबाशले ५-अन्डर ६७ र पुर्णले इभन-पार ७२ मा खेल सकाए। इभन-पार ७२ सहित समग्रमा ५-अन्डर २ सय ८३ सहित एमेच्योर आरव डी शाहले आठौ स्थानमा प्रतियोगिता सकाए।

भुवन कुमार रोक्का र रबि खड्काले समग्रमा ३-अन्डर २ सय ८५ सहित संयुक्तरुपमा नवौ स्थान बाडे। अन्तिम दिन भुवनले २ ओभर ७४ र रबिले १-ओभर ७३ मा खेल सकाए। एमेच्योर सद्भाव आचार्य समग्रमा २-अन्डर २ सय ८६ सहित एघारौं र समग्रमा इभन-पार २ सय ८८ सहित सुर्य प्रसाद शर्मा १२ औ स्थानमा रहे।

पाँच ओभर २ सय ९३ सहित व्यवसायिक तर्फ १५ औ भएका जय राम श्रेष्ठले चार लाख ७५ हजार ५ सय सहित उनले आगामी सिजनको सुरुवात तेसय स्थानबाट गर्नेछन्।

च्याम्पियन शुक्रले आज पहिलो होलमा बोगी खेपे पनि तेस्रो र सातौ होलको बर्डीले फ्रन्ट नाइन १-अन्डर ३५ मा सकाए। यसपछि ११ औ, १२ औ र १८ औ होलमा एकरएक सट बचाउँदा १४ औ होलमा बोगी प्रहार गर्दा ब्याक नाइन २-अन्डर ३४ मा पुरा गरे।

दोस्रो भएका निरजले फ्रन्ट नाइन इभन(पार ३६ मा सकाउने क्रममा तेस्रो र सातौ होलमा बर्डी प्रहार गरे भने चौथो र पाँचौ होलमा एक-एक सट खेर फाले। यसपछि १४ औ र १५ औ होलको बोगीले ब्याक नाइन २-ओभर ३८ मा सकाए।

सुर्य नेपाल टुरमा लामो समय सहयोग गर्ने रामजी राजबाहक तथा रमेश नगरकोटी र समिर तामाङलाई कदर पत्र सहित सम्मान गरियो।

चार दिने प्रतियोगितामा ४३ प्रोफेसनल र ११ एमेच्योर सहित ५४ खेलाडीको सहभागिता रहेको थियो। सुर्य नेपाल प्रालिको प्रायोजनमा नेपाल प्रोफेसनल गल्फर्स संघद्वारा आयोजित प्रतियोगिताको कुल पुरस्कार राशी १४ लाख ६१ हजार रहेको छ।

विजेताले दुई लाख ५० हजार, दोस्रो र तेस्रो हुनेले क्रमश १ लाख ५५ हजार र १ लाख दश हजार प्राप्त गरे। विजयी खेलाडीहरुलाई सुर्य नेपाल प्रालिका मार्केटिङ उपाध्यक्ष दीपरा लहेरी, नेपाल प्रोफेसनल गल्फर्स संघका अध्यक्ष रबिन्द्र मान श्रेष्ठ र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गरे।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ५ : ४० बजे

बाँकेबाट लागूऔषधसहित पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव जारी रहने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको

आज विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै

काठमाडौं । कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम्

जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग

मुस्ताङ । ‘हिमालको आवाज, स्थानीय तह तहको सङ्कल्प र जलवायु

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौँ । अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक