१३ पुस २०८२, आइतबार | December 28, 2025

दुई बर्ष पछि ९ हजार नेपाली कोरिया जादै, जेठ १९ गतेबाट परिक्षा सुरु हुने



काठमाडौं । दुई बर्ष देखी स्थगित भएको कोरियन भाषाको परिक्षा जेठ १९ देखि असार ३ सम्म सञ्चालन हुने भएको छ ।

स्थानिय तहको निर्वाचन कारण स्थगित भएको कोरियन भाषाको परिक्षा जेठ १९ गतेबाट सुचारु गर्न लागिएको हो ।

बैशाख २६ गते सञ्चालन हुने गरी यस अघि मिति तोकिएको भएपनि स्थानिय तह निर्वाचनका कारण स्थगित भएको परिक्षा तीन सिफ्टमा सञ्चालन हुनेछन ।

वैदेशिक रोजगार बिभाग अन्तर्गतको रोजगारी अनुमति प्रणाली शाखाका अनुसार दैनिक ६ सय परिक्षार्थीलाई परिक्षा दिन मिल्ने गरी बिभागले तयारी गरिरहेको छ ।

कोरियन भाषा परिक्षामा उर्तिणहरु मध्ये ६ हजार ९ सय ९३ उत्पादनमुलक क्षेत्रमा र २ हजार ७ सय ४१ गरी ९ हजार ५ सय १३ नेपालीहरुलाई यसै बर्ष दक्षिण कोरिया पठाउने गरी परिक्षा लिन लागिएको हो । वैदेशिक रोजगारका लागि आकर्षक मानिएको दक्षिण कोरियामा जानका लागि ४३ हजार भन्दा बढीले आवेदन दिएको बिभागले जनाएको छ ।

हालसम्म ७७ हजार नेपालीले कोरियामा रोजगार प्राप्त गरिसकेका छन भने पछिल्ला दुई बर्षमा विश्वब्यापारी महामारी कोरोना संक्रमणका कारण परिक्षा हुन नसके पनि सन २०२२ मा भने नेपालीलाई लान कोरिया मञ्जुर देखिए पछि परिक्षा सुरु गर्न लागिएको हो ।

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  ७ : ३७ बजे

मेयर बालेन दुई साताभित्र पदबाट राजीनामा दिने तयारीमा, संसदीय राजनीतिमा होमिँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले दुई

एमाले सचिवालय बैठक आज, समानुपातिक उम्मेदवारको अन्तिम सूची टुंग्याइँदै

काठमाडौं । नेकपा (एमाले) ले ११ औँ महाधिवेशनपछिको पहिलो सचिवालय

समीक्षाका गीतमा झुमे दर्शक

गण्डकी । गायिका समीक्षा अधिकारी शनिबार साँझ बागलुङ महोत्सवमा गुञ्जिईन

बागलुङ महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता

गलकोट । पछिल्ला मेला तथा महोत्सव आधुनिकमात्रै भए भन्ने गुनासोका

आजको मौसम : तराईमा हुस्सु , हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।