४ पुस २०८२, शुक्रबार | December 19, 2025

आजको मौसम : काठमाडौंसहित देशका विभिन्न भागमा वर्षाको सम्भावना



काठमाडौं । स्थानीयसँगै पश्चिमी वायुको प्रभावले आज काठमाडौंसहित देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

शनिबार विभागको मौसम पूर्वानुमान महाशाखाले बुलेटिन प्रकाशित गरी अहिले देशभर स्थानीय वायु, भारतको उत्तर प्रदेश र विहार आसपास रहेको न्यून चापीय रेखा तथा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ ।

जसले गर्दा देशका विभिन्न भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।

आज दिउँसो पनि प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू-भागका केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हावा हुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको आकलन छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  ९ : ११ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको