२७ माघ २०८२, मंगलबार | February 10, 2026

संकटग्रस्त अर्थतन्त्रलाई उकास्‍ने नीति तथा कार्यक्रम आएन : पूर्वअर्थमन्त्री पौडेल



काठमाडौं । पूर्वअर्थमन्त्रीसमेत रहेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले संकटग्रस्त अर्थतन्त्रलाई उकास्‍नेगरीको नीति तथा कार्यक्रम नल्याएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

पौडेलले अर्थतन्त्र सामान्य अवस्थामा भए जसरी सरकार प्रस्तुत भएको पनि बताए ।

१० जेठमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा शनिबार सहभागी हुँदै पौडेलले अर्थतन्त्र उकास्‍ने र आर्थिक वृद्धिदर उच्च पार्ने कुनै योजना नै नभएको भन्दै सरकारको चर्को आलोचना गरे ।

‘संकटोन्मुख अर्थयतन्त्र यतिबेलाको सबैभन्दा ठूलो समस्या हो । चुनौती हो । तर, नीति तथा कार्यक्रम संकट समाधानप्रति बेखर छ । संकटोन्मुख अर्थतन्त्रबारे सरकार चालै नपाए जस्तो गरेर अर्थतन्त्र सामान्य अवस्थामा भए जसरी प्रस्तुत भएको छ’, उनले भनेका छन्, ‘अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने, प्रतिस्पर्धी बनाउने र कसरी आर्थिक वृद्धिदर उच्च बनाउने भन्ने कुनै नीति सरकारसँग छैन ।ु

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई दिशाहीन र गन्तव्यहीन भएको उनको टिप्पणी छ ।

नीति तथा कार्यक्रमलाई इतिहासकै सबैभन्दा कमजोर, मुलुकको समस्या नचिनेको ,समाधान दिन नसक्ने खोक्रो र सारहीन भएको पनि उपाध्यक्ष पौडेलले बताए ।

 

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  ११ : ३५ बजे

नवलपुर-२ मा नाउपा नेपालले नेकपाका महतोलाई समर्थन गर्ने

नवलपुर । रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, नेपालले नवलपुर

पश्चिम नवलपरासीमा रविको चुनावलक्षित कार्यक्रम रोक्न प्रशासनको निर्देशन

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पश्चिम

बागलुङमा ‘प्लेटलेट्स’ बनाउन थालियो : पोखरा र काठमाडौं पठाउनुपर्ने बाध्यता अन्त्य

बागलुङ । लामो समयको प्रयासपछि बागलुङको रक्तसञ्चार केन्द्रमा सेतो रगत

पशुलाई रोगबाट जोगाउन पूर्णखोप अभियान सञ्चालन

म्याग्दी । पशुलाई महामारीजन्य रोगबाट जोगाउनका लागि जिल्लामा पशुमा पूर्णखोप

दक्षिण अफ्रिकाको विजयी सुरुवात, क्यानडा ५७ रनले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत सोमबार राति सम्पन्न खेलमा