१३ पुस २०८२, आइतबार | December 28, 2025

गाईघाट-दिक्तेल सडकको अस्थायी बेलीब्रिज खोलिए



उदयपुर । सुनकोसी नदीको अस्थाई बेलीब्रिज हटाएसँगै उदयपुर र खोटाङ सदरमुकाम दिक्तेलबीचको सिधा यातायात सेवा बन्द भएको छ । बर्खा लागेसँगै सुनकोसीमा पानीको सतह बढ्ने भएकाले फोक्सिङटारको अस्थायी बेलीब्रिज हालै निकालिएको हो ।

दिक्तेल-गाईघाट सगरमाथा लोकमार्ग सडक खण्ड अन्तर्गत खोटाङको खोटेहाङ गाउँपालिका-९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका-५ फोक्सिनटारस्थित सुनकोसीमा पानीको बहाब बढ्न थालेकोले झिक्न सुरु गरिएको हो ।

सुनकोसीस्थित फोक्सिङटारमा गत मंसिरमा बेलिब्रिज जडान गरिएको थियो । गत १ पुसदेखि सञ्चालनमा ल्याइएको बेलिब्रिज बिहीबारदेखि निकाल्न सुरु गरिएको गाईघाट दिक्तेल सडक योजना कार्यालय गाईघाटका डिभिजन प्रमुख गोपालप्रसाद खकुरेलले जानकारी दिए ।

हिउँदभरी सञ्चालन गर्ने र वर्षामा झिक्ने गरी फोक्सिङटारमा विगत सात वर्ष अघिदेखि हरेक वर्ष करिब ५० मिटर लम्बाई भएको अस्थायी बेलिब्रिज सञ्चालन गर्ने गरिएको छ । वर्षायाम सुरु भएसँगै फोक्सिङटारको बेलीब्रिज निकाल्ने गरिन्छ । बेलीब्रिजको सामान खोलेर निकाल्न तीन चार दिन लाग्ने गाईघाट दिक्तेल सडक योजनाले जनाएको छ । १०१ किलोमिटर लामो गाईघाट-दिक्तेल सडक खण्डमा पर्ने फोक्सिङटारमा बेलिब्रिज हटाइएपछि गाईघाटबाट दिक्तेल जाने सिधा यातायात सात महिनाका लागि बन्द भएको छ ।

फोक्सिङटारको बेलिब्रिज निकालेपछि पुर्वी शहर जान–आउनका लागि खोटाङबासीलाई एक मात्र घुमाउरो बाटो दिक्तेल-हलेसी-जयराम-घुर्मी-कटारी सडक प्रयोग गर्नुपर्ने बाध्यता छ ।

 

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  १२ : ४५ बजे

रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरू

रसुवा । छ महिनादेखि बन्द रहेको रसुवागढी नाकामा आजदेखि आवतजावत

चिसोले महोत्तरीका विद्यालय बन्द

जलेश्वर । अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको

ठमेलको क्यासिनो वाल्डोका अध्यक्ष पक्राउ

काठमाडौं । काठमाडौंको ठमेलस्थित क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष

सर्वपक्षीय बैठकपछि निर्वाचनको माहोल बनेको छ : सञ्चारमन्त्री खरेल

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक पार्टी,

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार