सप्तरी । भाउजुलाई पेट्रोल छर्केर आगो लगाई फरार रहेका देवर पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको बोदे बर्साईन नगरपालिका- १ धनगढीका २५ वर्षीय परमेश्वर साह छन् ।
उनले दाजु रविन साहकी २७ वर्षीया श्रीमती राजकुमारी साहलाई २१ माघ २०७८ मा घरमा खानापकाई रहेको अवस्थामा जिउभरि पेट्रोल छर्की आगो लगाएका थिए ।
उपचारको क्रममा भाउजु राजकुमारीको मृत्युु भएको थियो । भाउजुको मृत्युपश्चात् राजन फरार रहँदै आएका थिए । गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बोदे बर्साईनबाट खटिएका वरिष्ठ प्रहरी नायव निरीक्षक सुरेश पालको नेतृत्वकाे टाेलीले पक्राउ गरेको हो ।



















प्रतिक्रिया