६ श्रावण २०८३, बुधबार | July 22, 2026

फरक शैलीमा बालेन



काठमाडौं । पद तथा गोपनीयताको शपथपछि सोमबार साँझ बसेको काठमाडौं महानगर कार्यपालिकाको पहिलो बैठकले फोहोर व्यवस्थापनको समस्या समाधान गर्ने विषयमा अध्ययन गर्न मेयर र उपमेयरको नेतृत्वमा कार्यदल बनाएको छ ।

बैठकले सडकका खाल्टाखुल्टी पुर्ने, ढल निकास नियमित गर्नेजस्ता काम गर्नेगरी दुईवटा भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । बैठकमा नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले सोसम्बन्धी प्रस्ताव गरेका थिए भने उनको प्रस्तावलाई कार्यपालिका बैठकले अनुमोदन गरेको हो ।
यसैगरी, कार्यपालिका बैठकले नगरवासीको गुनासो सुन्न कल सेन्टर स्थापना गर्ने निर्णयसमेत गरेको छ । सो कल सेन्टर सात दिनभित्र स्थापना गरिनेछ ।

बैठकमा मेयर साहले निजी रेस्टुरेन्ट, होटल तथा पेटोल पम्पका शौचालयलाई सरोकारवाला पक्षसँगको सहकार्यबाट निःशुल्क रूपमा सञ्ञ्चालनमा ल्याउने विषयलाईसमेत प्रस्तावका रूपमा अघि सारेकोमा त्यसलाईसमेत बैठकले अनुमोदन गरेको छ ।

बैठकका क्रममा मेयर साहले केही ठूला रेस्टुरेन्टहरूसँग सार्वजनिक उत्तरदायित्वअन्तर्गत निःशुल्क शौचालय सञ्चालन गर्ने विषयमा कुराकानी भएको भन्दै बैठकमा सो’ प्रस्ताव राखेका थिए ।

उनले फोहोर मैला व्यवस्थापन नभएसम्म आफूले माला खादा नलगाउने घोषणासमेत गरेका थिए ।

काठमाडौं महानगरपालिकाको नगरसभाको पहिलो बैठक प्रत्यक्ष प्रसारण गरिएको थियो । यसअघि काठमाडौं महानगरपालिका नवनिर्वाचित मेयरसहित नवनिर्वाचित सबै जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिएका थिए ।

मेयर साहले मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाबाट पथ तथा गोपनीयताको शपथ लिएका थिए । यस्तै, साहले शपथ लिएपछि उपमेयर सुनिता डंगोलसहित वडाध्यक्ष तथा सदस्यलाई शपथ गराएका थिए ।

राष्ट्रिय सभा गृहमा आयोजित समारोहमा मेयर साहले नेपाली र नेपाल भाषामा शपथ लिएका थिए । गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह र नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई हराउँदै ३२ वर्षीय स्वतन्त्र उम्मेदवार साह काठमाडौंको मेयरमा निर्वाचित भएका थिए । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ७ : ०४ बजे

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा