१५ चैत्र २०८०, बिहिबार | March 29, 2024

संसदमा प्रधानमन्त्रीको खोजी, प्रधानमन्त्री संसदबाहिर व्यस्त



काठमाडौं । प्रतिनिधि सभाको बिहीबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको खोजी भयो । संसद्मा सांसदहरूले प्रधानमन्त्रीको खोजी गरिरहे तर उनी संसद्मा नगएर बाहिरी कार्यक्रममा नै व्यस्त भए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र रक्षा मन्त्रालयको जिम्मेवारीमा रहेका प्रधानमन्त्री देउवाले बिहीबार मन्त्रालयगत रूपमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम थियो । तर, प्रधानमन्त्रीका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले जवाफ दिएपछि प्रधानमन्त्रीको खोजी गरिएको हो । संसद्मा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री किन संसद्मा उपस्थित नभएको हो भन्ने प्रश्न गरे । ‘यो संसद्मा प्रधानमन्त्री किन उपस्थित हुन सक्नुभएन ?,’ उनले प्रश्न गरे, ‘बिरामी हुनुहुन्छ कि कुनै अस्पताल भर्ना हुनुभएको हो कि ? विदेश जानुभएको हो कि ?’

प्रधानमन्त्रीले आफ्नो जिम्मेवारीअनुसार संसद्मा जवाफ दिनुपर्ने बताए । ‘बिरामी र विदेश गएको हो भने संसद्लाई जानकारी हुनुपर्छ,’ उनले भने, ‘विनाजानकारी प्रधानमन्त्री अनुपस्थित हुनुभएको छ । यो मिल्दैन ।’ पहिले पनि प्रधानमन्त्रीले अर्को मन्त्रीलाई जवाफ दिन लगाएको र प्रश्न उठेपछि प्रधानमन्त्री नै आएर जवाफ दिएको पनि उनले बताए । ‘प्रधानमन्त्रीलाई नै आफ्नो जिम्मेवारीअनुसार जवाफ दिन लगाउनुपर्छ । होइन भने के कारणले आउन सक्नुभएन ?,’ उनले भने, ‘विदेश जानुभएको भए यहाँ अर्को मन्त्रीले बोल्न पाउनुहुन्छ ।’

यसपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीबाट संसद्मा पत्र पठाएर जानकारी दिएको बताएका थिए । प्रधानमन्त्री देउवा एनआरएनएको ‘गैरआवासीय नेपाली नागरिकता’लगायत विषयमा आयोजित कार्यक्रममा सहभागी भएका थिए । आर्थिक वर्ष २०७९÷८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको विषयमा अर्थमन्त्री जनार्दन शर्माले दिएको स्पष्टीकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चित्त बुझाएको थिएन । बिहीबारको संसद् बैठकमा भने अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)’bout प्रतिपक्षीसँगै सत्तारूढ सांसदले पनि प्रश्न उठाएका थिए । उनीहरूले प्रधानमन्त्री देउवाको जवाफ खोजेका थिए ।

बिहीबार अर्थ मन्त्रालयका लागि विनियोजन भएको बजेटमाथि उठेका प्रश्नहरूको अर्थमन्त्री शर्माले जवाफ दिन लाग्दा एमाले सांसदहरूले आफ्नो स्थानमा उभिएर विरोध गरे । संसदीय छानबिन गर्नुपर्ने माग गर्दै एमालेले शर्मालाई अर्थमन्त्रीका रूपमा स्वीकार नगर्ने बतायो । तर, न संसदीय छानबिन समिति बन्यो न प्रधानमन्त्री देउवाले एमालेको माग नै सम्बोधन गर्ने प्रयास गरे । उनीले आफूले सम्हालेको मन्त्रालयगत छलफलमा समेत समय दिन असमर्थ भए । उनले संसद्लाई इन्कार गरेको देखियो । प्रमुख प्रतिपक्षले यति गम्भीर उठाउँदा प्रधानमन्त्री मौन बस्नुलाई गलत अभ्यासका रूपमा लिने गरिन्छ । प्रमख प्रतिपक्षी दलले कुनै आधार भएर नै प्रश्न उठाएको हुन सक्ने भएकाले प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने तर्क संसद्भित्रैबाट उठिरहेको थियो ।

संसद्मा प्रधानमन्त्रीले नेतृत्व गरिहेको पार्टी कांग्रेसबाट संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूलेसमेत एसपीपीको विषयमा प्रश्न उठाइरहेको सन्दर्भमा प्रधानमन्त्रीले वेवास्ता गर्नु जनप्रतिनिधिलाई अटेर गर्नुजस्तै भएको हो । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवाल पनि प्रमुख प्रतिपक्षलाई जिउँदो लास बनाउने काम भएको टिप्पणी गरे । छानबिन गर्नुपर्ने आफूहरूको पनि माग रहेको भन्दै उनले भने, ‘संसदीय व्यवस्थामा छाया सरकारलाई एकदमै कम आँक्ने काम भयो । यो संसदीय व्यवस्थाविपरीत छ ।’

बिहीबारको संसद् बैठकमा एमाले सांसदहरूको विरोधका बीच मन्त्री शर्माले अर्थ मन्त्रालयको बजेटमा उठेका प्रश्नको जवाफ दिए । आफ्नो विरोधका बीच सभामुखले अर्थमन्त्रीलाई बोल्न दिएपछि अलमलका परेका एमाले सांसदहरूले प्रश्नउत्तरको समयमा बैठकस्थलबाट बाहिरिए । त्यसपछि रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री शेरबहादुर देउवाले जवाफ दिनुपर्ने थियो ।

यस्तोबेला सभामुख सापकोटाले प्रधानमन्त्री स्वयंले जवाफ दिनुपर्ने भनी रुलिङ गर्न सक्थे तर गरेनन् । बरु प्रधानमन्त्रीले कार्यव्यस्तताका कारण जवाफ दिन गृहमन्त्रीलाई तोकेको भनी पत्र पठाएको जानकारी गराए । सांसद सुवालले चित्त बुझाएनन् । तर, सभामुखले भने यो परम्परा पहिला पनि छ भन्दै नेमकिपाका सांसद सुवाललाई बस्न लगाए र गृहमन्त्री खाँणले जवाफ दिए । त्यसपछि पालो आयो, राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति र उपराष्ट्रपति कार्यालयसम्बन्धी विनियोजन बजेटमा उठेका प्रश्नको जवाफ दिने । प्रधानमन्त्री देउवा संसद्मा थिएनन् । बैठकको अध्यक्षता गरेका मानबहादुर विकले प्रधानमन्त्रीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिए ।

एमाले सांसद भीम रावलले नियमापत्ति गरे । प्रधानमन्त्रीको अनुपस्थिति’bout प्रश्न गर्दै उनले भने, ‘उहाँ कतै उपचार गर्नुभएको छ भन्ने हल्ला सुनेको थिएँ । कपाल कि पेट के दुख्यो के भन्ने सुनेको थिएँ । त्यो मन्त्रीजीलाई थाहा होला ।’ सांसद रावलले फेरि व्यंग्य गरे, ‘प्रधानमन्त्रीजी सिकिस्त बिरामी हुनुहुन्छ भने कुन अस्पतालमा हुनुहुन्छ ? एसपीपीका सम्बन्धमा अमेरिका जाने कुरा थियो । भर्खरै गृहमन्त्रीजीले त्यता जान्नौं भनेपछि उहाँको त्यो भ्रमण र रद्द भइसकेको हुनुपर्छ ।’

पछिल्लो समय प्रतिपक्षी सांसदसँगै सत्तारूढ सांसदहरूले पनि संसद्मा प्रधानमन्त्रीको जवाफ मागेका थिए । प्रधानमन्त्रीको अमेरिका भ्रमण तयारी, एसपीपी सम्झौतामा हस्ताक्षर, बाह्य सम्बन्ध’ सांसदहरूले लगातार प्रश्न उठाएका थिए । सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगन थापा, माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङलगायतले एसपीपी’bout जवाफ मागेका थिए । प्रधानमन्त्रीले चाहेको अवस्थामा समय लिएर राष्ट्रिय महत्वको विषयमा सम्बोधन गर्न सक्छन् । प्रधामन्त्रीले रुचि नदेखाउँदा सांसदहरूले उठाएको प्रश्नमा जवाफ दिलाउने दायित्व सभामुखको हो । तर, सभामुखले पनि रुलिङ गरेनन् ।

बिहीबार आफूले सम्हालेको मन्त्रालयको जवाफ दिने समयलाई पनि प्रधानमन्त्री देउवाले एसपीपीलगायतका विषयमा उठेको प्रश्नको जवाफ दिन सक्थे । प्रधानमन्त्रीको तर्फबाट रक्षा मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिएका गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राममा नेपाल संलग्न नभएको र हुन पनि नसक्ने स्पष्टीकरण दिए । सत्तारूढ सांसदहरूका अनुसार प्रधानमन्त्रीले आफैं संसद्मा उभिएर यही मत राखेको भए एसपीपीलाई दिएर उब्जिएको आशंका निवारण हुने थियो जुन अवसर उनले गुमाएका छन् । आजको राजधानी दैनिकमा सविन शर्माले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ७ : ४७ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका