२० मंसिर २०८२, शनिबार | December 6, 2025

सिद्धबाबाको वैकल्पिक सडक : २० करोड सकियो, काम अझै अलपत्र



बुटवल । सिद्धबाबा सडकखण्डको विकल्पको रुपमा निर्माण थालिएको झुम्सा–चरङ्गे सडकखण्ड पाँच वर्षदेखि अलपत्र परेको छ । निर्माण कार्य सुरु गरेको पाँच वर्षसम्म यसले गति लिन नसक्दा योजना नै अलपत्र परेको हो । यो सडकका लागि प्रदेश सरकारले सुरुदेखि नै बजेट छुट्टयाएपनि कामलाई तीव्रता दिन नसक्दा लामो समयसम्म सडक अलपत्र परेको हो ।

जिल्ला समन्वय समितिको स्थानीय स्रोत र साधन प्रयोग गरेर ट्रयाक खोलिएको सडकलाई लुम्बिनी प्रदेश सरकारले सिद्धबाबा सडकको वैकल्पिक मार्गको रुपमा प्रयोग गर्न करोडौं रकम खर्चिएको छ । २०७५ सालमै प्रदेश सरकारले यो सडकका लागि १० करोड रुपियाँ छुट्टयाएको थियो । त्यस्तै पाल्पाका सबै स्थानीय तहले पाँचदेखि ३० लाख रुपियाँसम्म बिनियोजन गरेका थिए । जिल्ला समन्वय समिति पाल्पाले ट्रायाक खोल्ने बेलाम नै एक करोड छुट्टयाएको थियो ।

चुरे क्षेत्रको संभाव्यता अध्ययनबिना सडक खन्दा, बजेट कम बिनियोजन हुँदा र चुरेमा सडक बनाउने तरिका नमिल्दा पाँच वर्ष बित्न लाग्दा वैकल्पिक सडक नै अलपत्र परेको हो । महाभारत श्रृंखला र चुरे पहाडमा सडक निर्माणका क्रममा संभाव्यता अध्ययनविना राजनीतिक दाउपेचको आधारमा एकाएक सडक निर्माण कार्यको सुरुवात गरिए पनि कमजोर भूबनोटका कारण पाँच वर्षको अवधिमा निर्माण कार्य पूरा हुन नसकेको हो ।

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९र८० को बजेटमा यो सडकका लागि सात करोड १६ लाख ५० हजार रकम विनियोजन गरेको छ । यो बजेट कामका हिसावले निकै कम रहेको प्राविधिकहरु बताउँछन् । तर, सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रको जोखिमयुक्त खण्डको वैकल्पिक मार्गको रुपमा निर्माणाधीन धागो कारखाना–चरङ्गे–झुम्सा सडकमा आवश्यक पर्ने पुल पुलेसा निर्माण तथा अन्य कार्य सम्पन्न गरी यातायात सञ्चालनयोग्य बनाउने कुरा प्रदेश सरकारले यसपटक पनि बजेट पुस्तिकामा समेटेको छ । भूगर्भविदको सुझावका कारण मुढाबास खण्डको साढे चार किलोमिटर स्थायी संरचना निर्माण कार्य यस वर्षका लागि रोकिएको रुपन्देही सडक पूर्वाधार कार्यालयका इन्जिनियर ललित न्यौपानेले बताए ।

हालसम्म रुपन्देही खण्डको १३ किलोमिटर खण्डमा सडक, पुल, कल्भर्ट निर्माणका क्रममा २० करोड रुपियाँ खर्च भएको छ । मुढाबास खण्डमा अर्को वर्षबाट बल्ल स्थायी संरचना निर्माणको काम सुरुवात हुनेछ । ुमुख्य समस्या नै यहाँ पहिरोको हो, त्यसैले कहिले सम्पन्न हुन्छ, यकिन भन्न सकिंदैन,ु न्यौपानेले भने ।

चरङ्गेदेखि साढे आठ किलोमिटर सडक भने राम्रो छ । यसमा ग्राभेलको काम पनि सकिएको छ । ुसमस्या भनेको साढे चार किलोमिटरको हो,ु न्यौपानेले भने । सडक कार्यालय पाल्पाका प्रमुख अरुणकुमार गुप्ताका अनुसार पाल्पा खण्डमा पुल, कल्भर्ट र सडक ग्राभेल गर्दासम्म १० करोड ११ लाख ८६ हजार रुपैयाँ खर्च भएको छ । झुम्सा चौकीभञ्ज्याङ चरङ्गे वैकल्पिक मार्गको लम्बाई करिव २० किलोमिटर छ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ११ : ०८ बजे

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति

एनपीएलमा आज दुई खेल : सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको