३० असार २०८३, मंगलबार | July 14, 2026

सिद्धबाबामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु



बुटवल । पाल्पाको सिद्धबाबा क्षेत्रमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहीबार बेलुकी पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा ड्याम साईड नजिकै भएको दुर्घटना हँदा चालक रुपन्देहीको सियारी गाउँपालिका–२, का २६ वर्षीय प्रभाकर यादवको मृत्यु भएको हो ।

बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु १ क २५१७ नम्बरको रित्तो टिप्पर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । टिप्परको अचानक टायर पञ्चर भई अनियन्त्रीत हुँदा सडकबाट झण्डै ६५ मिटर तल तिनाउ खोलाको किनारमा खस्न गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

दुर्घटनाबाट गम्भीर घाइते भएका चालक यादबलाई प्रहरी चौकी दोभानबाट खटेको प्रहरी टोलीले उद्दार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको डीएसपी मल्लले बताए ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  ९ : ५० बजे

सुनसरीमा विद्युत् प्राधिकरणको स्कारपियो दुर्घटना : दुईको मृत्यु, एक घाइते

सुनसरी । नेपाल विद्युत् प्राधिकरण धरान कार्यालयको सवारी दुर्घटना हुँदा

अविरल वर्षाले देशका प्रमुख राजमार्ग प्रभावित, काठमाडौंका मुख्य नाका बन्द

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण काठमाडौं

भुर्तेलको शतक र धामीको घातक बलिङमा जर्सीमाथि नेपालको सानदार जित

काठमाडौं । ओपनर कुशल भुर्तेलको शतकीय इनिङ्स र हेमन्त धामीको

देशभर मनसुनी प्रभाव, कोशी-बागमती-गण्डकीमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न

कान्ति लोकपथमा सवारी आवागमन पूर्ण रुपमा बन्द

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति लोकपथमा सवारी आवागमन