१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

मूल्यवृद्धिले हद नाघ्यो



काठमाडौं । दैनिक उपभोग्य वस्तुमा सतप्रतिशत गरिएको मूल्यवृद्धिका कारण जनता आहत बनेका छन् । हरेक साताजस्तै बढिरहेको चर्को मूल्यवृद्धिको मारमा सर्वसाधारण परेका छन् ।

जनताको ढाड सेक्नेगरी सरकारले पछिल्लोपटक आइतबार राति १२ बजेदखि लागू हुनेगरी पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेको छ ।

मट्टितेल र डिजलको भाउ एकैपटक प्रतिलिटर २७ रुपैयाँले बढाएर १ सय ९२ पु¥याइएको छ । पेट्रोलको मूल्य प्रतिलिटर २१ बढाएर १ सय ९९ पु¥याइएको छ । एक महिनाको अवधिमा मात्र पेट्रोलियम पदार्थको भाउ ५९ रुपैयाँले बढाइएको छ ।

खाना पकाउने एलपी ग्यासको भाउ प्रतिसिलिन्डर ३ सयले बढाएर प्रतिसिलिन्डर १८ सय पु-याइएको छ । आमजनताको अपेक्षाविपरीत सरकारले २०६२/६३ को जनआन्दोलनपछि प्राप्त गणतन्त्रअघि प्रतिलिटर ५१ रुपैयाँमा पाइने पेट्रोलको भाउ निरन्तर बढाएर अहिले प्रतिलिटर १ सय ९९ पु-याइएको छ ।

आमनागरिकको ढाड सेक्नेगरी बढाइएको चर्को मूल्यवृद्धि नियन्त्रणमा सरकार असफलजस्तै देखिएको आमउपभोक्ताको गुनासो छ ।

नेपाल आयल निगमले पेट्रोल तथा डिजेलको मूल्य भारी वृद्धि गरेसँगै सोमबारदेखि नै लागू हुनेगरी सार्वजनिक यातायातको भाडा, आन्तरिक हवाई भाडा पनि बढेको छ । सवारी साधनको भाडा, हवाई भाडादर मात्र नभएर अहिले हरेक वस्तुको ढुवानी समेत बढेको छ ।

ढुवानी भाडादरसँगै हाल दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि चरम रूपमा बढेकाले आमउपभोक्तालाई गम्भीर असर परेको उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाले बताएका छन् । उनीहरूले तत्काल सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग गरेका छन्् ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले फितलो अनुगमन र सरकारी अकमर्यताले अस्वाभाविक रूपमा मूल्यवृद्धि भइरहेको बताउ“छन् । यस्तो अत्यधिक मूल्यवृद्धिले गरिखाने न्यून आय भएका मजदुरलाई एकदमै मर्का पारेको उनी सुनाउ“छन् ।

हाल, रसिया र युक्रेनबीचको आन्तरिक झगडालाई बहाना बनाएर निरन्तर बढेको पेट्रोलियम पदार्थको भाउ वृद्धि मात्र नभएर विगत डेढ वर्ष अघिदेखि नै खाने तेल, चिनी, गेडागुढी, दैनिक उपभोग्यवस्तुलगायत हरेक वस्तुको मूल्य बढाइँदा पनि सरकार मुकदर्शक मात्र भएकाले अहिले आमउपभोक्ताले यस्तो चरम मूल्यवृद्धिको मार खेप्न बाध्य हुनुपरेको बताए ।

अहिले सरकारमा रहेका राजनीतिक दलका नेता पनि समाजवादी अर्थतन्त्र अपनाएर समतामूलक मुलुक निर्माण गर्ने भन्दै आए पनि आफूलाई फाइदा हुने खालको पुँजिवादी अर्थतन्त्र अपनाउने गरेकाले आमउपभोक्तामाथि अहिले यो अवस्था आइलागेको उनको दाबी छ ।

आफूले विगत ४० वर्षदेखि उपभोक्ता अधिकारकै क्षेत्रमा निरन्तर काम गरेको जानकारी गराउँदै उनले पछिल्लो समयमा अस्वाभाविक रूपमा बढेको महँगी सबैभन्दा बढी भएको दाबी गरे ।

हाल विद्यार्थीले गर्दै आएको आन्दोलन पनि केवल राजनीतिक फाइदाका लागि मात्र भएको उनको टिप्पणी छ । यसअघि २०७६ सालमा विश्वभर नै पेट्रोलियम पदार्थको मूल्य धेरै नै घटेको स्मरण गर्दै उनले नेपालमा भने त्यतिबेला पनि मूल्य नघटाइएको बताए ।

उनले हाल अत्यधिक रूपमा बढाइएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि रसिया र युक्रेनबीचको द्वन्द्वका कारण नभई सरकारको असक्षमता नै भएको आरोप लगाए ।

सरकारको निकम्मापन र अदूरदर्शीता नीतिले गर्दा हाल पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको दाबी गर्दै उनले विश्वमै सबैभन्दा बढी पेट्रोलियम पदार्थमा कर र शुल्क लिने देश नेपाल भएको समेत जानकारी गराए ।

उनले १ लिटर पेट्रोलियम पदार्थमा १ सय ४ प्रतिशतसम्म कर असुल्दा पनि हाल कुनै राजनीतिक दल र कुनै पनि भ्रातृसंगठनले बोल्न नसक्नुमा आफूलाई अचम्म लागेको बताए ।

यातायात व्यवसायीले सोमबारदेखि नै भाडा बढाएर खुसी भएको भन्दै उनले जिविका गरेर खाने नागरिलाई मूल्यवृद्धिले समस्या सुरु भएको बताए । कमाइको आम्दानी नबढेको अवस्थामा यसरी मूल्य वृद्धि र सवारी साधनको भाडा बढेपछि सामान्य नागरिक समस्यामा परेको उनको चिन्ता छ । उनले पेट्रोलियम पदार्थको मूल्य बढेपछि सबै क्षेत्रमा असर पर्ने बताए ।

हाल दुई/चार जना व्यापारिक घरानाले देशलाई नै आफ्नो हातमा लिएको टिप्पणी गर्दै उनले त्यस्ता व्यापारी तथा बिचौलिया पोसेकै कारण राजनीतिमा लामो त्याग र तपस्या गरेकालाई सम्मान नगरेर ठुला दलले अहिले पैसा हुनेलाई साथ दिएको र लाभको पदमा पु-याएकाले आमउपभोक्ता चौतर्फी मूल्यवृद्धिको मारमा परेको बताए । उनले पैसाकै कारण केही व्यापारी र बिचौलियाले सरकारको मुखमा बुझो लगाइदिएको दाबी गरे ।

छिमेकी देश भारतले आफ्ना नागरिकलाई आपूर्ति व्यवस्था सहज गर्न भन्सार महसुल मिनाहा गरेको स्मरण गराउँदै उनले नेपाल सरकारले भने अहिलेसम्म त्यसो गर्न नसकेकोमा आपत्ति जनाए । उनले सरकार व्यापारिक घरानाको पोल्टामा परेकाले जनता अत्यन्तै शोषित र पीडित हुनुपरेको बताए । आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ७ : ४८ बजे

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष