२ बैशाख २०८३, बुधबार | April 15, 2026

कांग्रेस महाधिवेशनको ६ महिनाः नेता छानियो, नीति छैन



काठमाडौं । नेपाली कांग्रेस १४ औं महाधिवेशन सम्पन्न भएको ६ महिना पुग्यो । केन्द्रीय पदाधिकारी र नेता छानिए तर पार्टी नीति भने अझै निर्धारण गरिएको छैन ।

गत मंसिरमा कांग्रेसले १४ औं महाधिवेशनलाई ‘नेतृत्व छान्ने महाधिवेशन’का रूपमा बितायो । विधानमा भएको सुविधा प्रयोग गर्दै कांग्रेसले नीति विषयमा भने छुट्टै महाधिवेशन गर्ने घोषणा ग¥यो ।

कांग्रेस विधानको दफा १७ (५) मा केन्द्रीय महाधिवेशन कार्यविधि उल्लेख छ । जसमा ‘महाधिवेशनबाट पार्टी केन्द्रीय कार्यसमिति निर्वाचन व्यवस्था र नीति निर्माण तथा विधान पारित गर्न फरकफरक समयमा महधिवेशन गर्न सकिने छ,’ भनिएको छ ।

विधानमा भएको सो व्यवस्थ टेकेर कांग्रेसले गत २८ कात्तिकमा बसेको केन्द्रीय समिति बैठकमार्फत १४ औं महाधिवेशन नेतृत्व चयन गर्नेतर्फ केन्द्रित गर्ने र ६ महिनाभित्र नीति महाधिवेशन गर्ने निर्णय गरेको थियो । महाधिवेशनमार्फत पार्टी सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्य चयन गरिएको थियो ।

तर, प्रधानमन्त्रीसमेत रहेका तथा देशकै मुख्य लोकतान्त्रिक दल दाबी गर्ने कांग्रेसले महाधिवेशन सकिएको ६ महिना बित्दासमेत पार्टीको आगामी ‘नीति कस्तो हुने ?’ भन्ने तय गर्न सकेको छैन ।

यसैगरी, कांग्रेस नेतृत्वले पार्टी विधानलाईसमेत वास्ता नगरी अघि बढेको पाइएको छ । कांग्रेसले अहिलेसम्म पार्टी संरचनालाई पनि पूर्णता दिन सकेको छैन भने महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र सांगठनिक संरचनालाई पूर्णता दिनुपर्ने बाध्यात्मक व्यवस्थालाई पनि नेतृत्वले बिर्सिएको छ ।

त्यस्तै, पदाधिकारी, केन्द्रीय कार्यसमिति, कार्यसम्पादन समिति र संसदीय बोर्ड पनि अपुरो छ भने पार्टीका विभिन्न समिति र विभागसमेत गठन हुन सकेको छैन ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको नीति महाधिवेशनसहितका विषयमा सभापति शेरबहादुर देउवासँग छलफल भइरहेको र विभागलगायतका सांगठनिक संरचनालाईसमेत छिट्टै पूर्णता दिनेगरी काम थालिएको बताए ।

‘हामी सभापतिसँग छलफलमा नै छौं, नीति महाधिवेशन, विभाग गठनलगायतका सांगठनिक संरचनालाई पूर्णता दिने विषयमा छिट्टै एउटा निष्कर्षमा पुग्नेगरी छलफल भइरहेको छ,’ कांग्रेस महामन्त्री शर्माले राजधानीसँग भने ।

कांग्रेसले पार्टीको नीतिका विषयमा महत्वपूर्ण काम गर्ने केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान पनि गठन गर्न सकेको छैन ।

गत सोमबार प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवालाई कांग्रेस महामन्त्रीद्वय गगन थापा र शर्माले भेटेरै पार्टीको आन्तरिक जीवन सुचारु गर्नेगरी अघि बढ्न आग्रह गरेका थिए ।

कांग्रेसका पार्टी संरचना मात्र होइन भ्रातृसंस्था पनि लथालिंग छन् । गत ३ फागुनमा केन्द्रीय कार्यसम्पादन समितिले १० वटा भ्रातृसंस्थाको कार्यसमिति भंग गरेको थियो । साथै, बैठकले फागुन मसान्तभित्र केन्द्रीय तदर्थ समिति गठन गर्ने अधिकार सभापति देउवालाई दिएको थियो । तर, सभापति देउवाले ९ फागुनमा नेविसंघ र तरुण दलमा सभापति मनोनित गरे पनि बाँकी भ्रातृसंस्था नेतृत्वविहीन छन् ।

नेपाल महिला संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, नेपाल लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज र नेपाल भूतपूर्व सैनिक संघ नेतृत्वविहीन रहँदै आएका छन् । आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ६ : ५१ बजे

बुटवलमा वैशाख ५ मा रैथाने सीप-कला प्रदर्शनी हुने

बुटवल । पुराना सीप कलाको संरक्षण र जर्गेना गर्न बुटवलमा

शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन यही वैशाख ४

कांग्रेसले पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कासँग सात दिने

सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस, ‘नेपाल आरोग्य वर्ष २०२७’ घोषणा

काठमाडौं । संयुक्त राष्ट्रसंघले ‘आरोग्य दिवस’ को मान्यता दिएपछि बुधबार

सवारी नियम उल्लघंन गर्ने सभामुख अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीको चिट

काठमाडौं । सभामुख डीपी अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीले