६ बैशाख २०८१, बिहिबार | April 18, 2024

न्यायाधीश-वकिलबीच लेनदेन अडियो काण्ड : साढे १ बजे बोलाइयो न्यायपरिषद् बैठक



काठमाडौं । मुद्दा मिलाउन घुस लेनदेनको विषयमा वकिल र न्यायाधीसबीचको सम्वाद् बाहिरिएपछि न्यायपरिष्दको आकस्मिक बैठक बोलाइएको छ ।

न्यूज २४ टेलिभिजनले नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष रुद्रप्रसाद पोखरेल र काठमाडौंका जिल्ला न्यायाधीश राजकुमार कोइरालाबीचको करिब १० मिनेटको टेलिफोन संवाद सार्वजनिक गरेको थियो ।

कुराकानीका क्रममा अधिवक्ता पोखरेलले सिभिल सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङलाई धरौटीमा छाड्न आग्रह गर्दै १० करोड रुपैयाँ रकम प्रस्ताव गरेका छन् । पोखरेलले तामाङलाई छुटाउँदा आफूहरूको भागमा दुई करोड पर्ने उल्लेख गरेका छन् । त्यसमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पनि साथ हुने भन्दै उनले प्रलोभन दिएका छन् ।

न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच व्यवसायी इच्छाराज तामाङबीच १० करोडको डिल भएको अडियो सार्वजनिक भएपछि न्यायपरिषद्को बैठक बस्न लागेको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले परिषद्को बैठक बोलाएका हुन् ।

‘डेढ बजे आकस्मिक रुपमा बैठक छ भनेर हामीलाई खवर आएको हो,’ परिषदका एक सदस्यले भने, ‘एजेण्डावारे बताइएको छैन ।’ अर्का सदस्यका अनुसार, काठमाडौंका न्यायाधीश कोइराला मुछिएको एक विवादास्पद अडियो सार्वजनिक भएपछि आकस्मिक बैठक डाकिएको हो । पोखरेल एमालेको कानुन विभागका सदस्यसमेत हुन् ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ११ : २५ बजे

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद

धनुषा । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको

भोलि मनकामना केबलकार बन्द हुने

चितवन । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द

सुदूरपश्चिममा एकीकृत समाजवादीको प्लान बी !

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री दाबी गर्न

लुम्बिनी प्रदेशमा एमालेलाई अर्थसहित पाँच मन्त्रालय

बुटवल । नेकपा एमालेबाट लुम्बिनी प्रदेश सरकारमा पाँच जना मन्त्री

घाटुनाचको संरक्षणमा जुट्दै नवलपुरका गुरुङ समुदाय

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का गुरुङ समुदाय ऐतिहासिक परम्परागत घाटुनाच