२३ कार्तिक २०८३, सोमबार | November 9, 2026

स्याफ्रुबेँसीमा आवतजावत सहज



रसुवा । स्याफ्रुबेँसीको काठे पुल निर्माण भएको छ । गत कात्तिक १४ गते भोटेकोशी बाढीले स्याफ्रुबेँसी खोलाको पुल बगाएको थियो । उक्त पुल तीन दिनको निरन्तर प्रयासपछि पुनर्निर्माण सम्पन्न भई पुनः सञ्चालनमा आएको हो ।

गोसाइँकुण्ड गाउँपालिका–५ स्थित स्याफ्रुबेँसीमा स्थानीय तह, सुरक्षा निकाय र नागरिक समाजको संयुक्त प्रयासमा पुल पुनर्निर्माण गरिएसँगै आवतजावत सहज भएको हो ।

नेपाल रेडक्रस सोसाइटी, गोसाइँकुण्ड गाउँपालिका र आमाछोदिङ्मो गाउँपालिकाका वडा प्रतिनिधि, कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय बासिन्दाको श्रमदान एवं सक्रिय सहभागितामा उक्त काठेपुल निर्माण गरिएको हो ।

यसअघि गत भदौ १० गते आएको विनासकारी बाढीले स्याफ्रुबेँसीको पक्की पुल र सडकखण्ड बगाएपछि रसुवाको उत्तरी भेगमा यातायात सेवा पूर्ण रूपमा ठप्प बनेको थियो । लामो समयसम्म यातायात र पैदलमार्गसमेत अवरुद्ध हुँदा गोसाइँकुण्ड गाउँपालिका ९वडा नं १ देखि ५० र आमाछोदिङ्मो गाउँपालिका (वडा नं १ देखि ५)का सर्वसाधारणले ठूलो सास्ती खेप्दै आएका थिए ।

बाढीले सडक सञ्जाल विच्छेद गराएको अवस्थामा अस्थायी रूपमा निर्माण गरिएको काठेपुलसमेत कात्तिक १४ गते नदीको बहाव बढ्दा बगेको थियो ।

हाल संयुक्त प्रयासमा काठेपुल पुनः खडा गरिएपछि दुवै गाउँपालिकाका बासिन्दा तथा सो क्षेत्रमा यात्रा गर्ने यात्रुहरूलाई पैदल आवतजावतका लागि निकै राहत मिलेको आमाछोदिङ्मो गाउँपालिका वडा नं ५ का वडाध्यक्ष गोम्बोछिरिङ तामाङ (रामबहादुर)ले जानकारी दिए ।

प्रकाशित मिति : २३ कार्तिक २०८३, सोमबार  ५ : ३५ बजे

स्याफ्रुबेँसीमा आवतजावत सहज

रसुवा । स्याफ्रुबेँसीको काठे पुल निर्माण भएको छ । गत

रुकुमपश्चिमको आठबिसकोटमा जिप दुर्घटना; दुई जनाको मृत्य, १३ घाइते

रुकुमपश्चिम । रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको

एनपिएल : कर्णाली याक्सलाई ६३ रनले पराजित गर्दै पोखरा एभेन्जर्सको सिजनकै पहिलो जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सलाई ६३

उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच भेट

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका

पर्सामा पटका पड्काउने क्रममा एक बालकको मृत्यु

वीरगन्ज । पर्सामा पटाका पड्काउने क्रममा आठ वर्षीय बालकको मृत्यु