९ चैत्र २०८२, सोमबार | March 23, 2026

समान्था बनिन् भारतकै लोकप्रिय अभिनेत्री



मुम्बई । फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनेकी छन् । उनले कैटरिना कैफ, आलिया भट्ट, दीपिका पादुकोण, रश्मिका मन्दाना र पूजा हेगडेजस्ता अभिनेत्रीलाई पछि पार्दै आफूलाई लोकप्रिय अभिनेत्रीको पहिलो सूचीमा पारेकी हुन् ।

ओरमेक्स स्टार इन्डिया लभ्सले सन् २०२२ को मे महिनासम्म गरेको अध्ययनमा समान्था भारतको लोकप्रिय अभिनेत्री बनेकी हुन् । समान्थापछि आलिया भट्ट, नयनतारा, दीपिका पादुकोण, काजल अग्रवाल, कीर्ति सुरेश, कैटरिना कैफ, रश्मिका मन्दाना, पूजा हेगडे र अनुष्का शेट्टी क्रमशः दोस्रो, तेस्रो, चौथो, पाँचौं, छैटौं, सातौं, आठौं, नवौं र दशौं स्थानमा छन् ।

यो सर्वेको जानकारी भाइरल भयानीले इन्स्टाग्राममा राखेर दिएको छ । ‘मानिसले सोधे कि कोरोना पछि के परिवर्तन भयो ? अब यसको एक ताजा उदाहरण यहाँ छ । समान्था रुथ प्रभु पूरा भारतमा नम्बर एक अभिनेत्री बनेकी छन् । उनले दीपिका पादुकोण र आलिया भट्टलाई पनि पछि पारेकी छन् । यो सर्वे ओरमेक्सले गरेको हो’, भाइरल भयानीले लेखेको छ ।

समानथले केही समयअघि नागा चैतन्यसँग सम्बन्ध विच्छेद गरेकी थिइन् ।

 

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ४ : ०३ बजे

सुनको मूल्य लगातार घट्दो, सोमबार प्रतितोला ६ हजार ५०० रुपैयाँले कमी

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य सोमबार पनि घटेको छ।

कोशी अस्पतालमा ‘ब्लड बैंक’ स्थापनाको तयारी

विराटनगर । कोशी अस्पतालले आफ्नै ‘ब्लड बैंक’ स्थापना गर्ने भएको

लुम्बिनीमा विश्व शान्ति मन्दिर निर्माण

भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व शान्ति, सहअस्तित्व र करुणाको

बेमौसमी वर्षाबाट इँटा उद्योग प्रभावित

महोत्तरी। बेमौसमी वर्षाका कारण महोत्तरीको इँटा उद्योगहरुमा रु ६ करोड

सडक फराकिलो बनाउन आफ्ना घरटहरा भत्काउन दरवाङवासी आफै अग्रसर

म्याग्दी । मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक विस्तार गर्न स्वस्फूर्त